जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • एलआइसी नेपालको नाफामा उल्लेख्य वृद्धि

एलआइसी नेपालको नाफामा उल्लेख्य वृद्धि

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको नाफामा उल्लेख्य वृद्धि देखिएको छ। तेस्रो त्रैमाससम्म ८ करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत वर्ष ६० लाख रुपैयाँमात्र नाफा कमाएको थियो।

कम्पनीको बीमाशुल्क आर्जनमा गिरावट आएको छ। चालु आवमा कम्पनीले १२ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष बीमाशुल्क आर्जन १३ अर्ब ६२ करोड रुपैयाँ थियो। गत वर्षको भन्दा यो ५ प्रतिशत कम हो।

चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६९ करोड रुपैयाँ सञ्चित छ। जीवन बीमा कोष १५ प्रतिशतले वृद्धि भएर एक खर्ब पुगेको छ।

कम्पनीले ६ अर्ब ५३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। दाबी भुक्तानी गत वर्षको भन्दा घटेको छ। अभिकर्ता कमिसन खर्च घटेर एक अर्ब रुपैयाँमा आएको छ। चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.१६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३९.९५ रुपैयाँ रहेको छ।

1465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका