
राष्ट्र बैंकले नेपालको चुच्चे नक्सासहित १०० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले चुच्चे नक्सासहितको नयाँ नोट छापरेर बिहीबारदेखि चलनचल्तीमा ल्याएको हो। नयाँ नोटको रङ र आकार साबिककै छ। नयाँ नोटको बायाँतर्फ विश्वको सर्वोच्च शिखर सगरमाथाको तस्वीर र दायाँतर्फ लालीगुराँसको पानीछाप छ। नोटको बीचमा नेपालको नक्सा र अशोक स्तम्भको चित्र छ।
दृष्टिविहीनले छामेर नोट पहिचान गर्न सक्नेगरी अशोक स्तम्भसँगै एउटा कालो थोप्ला पनि नयाँ नोटमा राखिएको छ। बायाँतर्फ अण्डाकारभित्र मायादेवीको ‘सिल्भर मेटालिक’ चित्र छ। सुरक्षाका लागि नोटमा २ मीमी चौडा र सीधा हेर्दा रातो तथा ढल्काएर हेर्दा हरियो रङ देखिने सुरक्षा धागो राखिएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार






































































