जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एनएमबि सरल बचत फण्ड ई को इकाई खरिद गर्ने आज अन्तिम दिन

एनएमबि सरल बचत फण्ड ई को इकाई खरिद गर्ने आज अन्तिम दिन

भदौ १७ गतेदेखि सार्वजनिक निष्कासन आएको एनएमबि सरल बचत फण्ड ई को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । । एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने यस फण्डले १० करोड इकाई विक्री गर्न लागेको हो । 

फण्डले कुल इकाईमध्ये ४० प्रतिशत अर्थात ४ करोड इकाई पहिलो चरणमा विक्री खुला गरेको हो । कुल इकाई मध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रबद्र्धक एनएमबि बैंक र १ प्रतिशत योजना ब्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याएको छ । बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला गरेको हो । 

फण्डको इकाई छिटो अवधि भदौ २१ गतेभित्र मात्र विक्री खुला हुने भएको हो । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेको भएमा भने ढिलो अवधि भदौ ३१ गतेसम्म इकाई विक्री खुला गर्ने योजना क्यापिटलको रहेको थियो । 

यो इकाई खरिदका लागि न्यूनतम १०० देखि अधिकतम ४० लाख इकाईसम्म माग गर्न सकिने व्यवस्था छ । इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि यो इकाई खरिदको लागि आवेदन दिन सकिनेछ । इकाई निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

4595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका