निर्जीवन बीमा
जेनजी आन्दोलनमा भएको सम्पत्ति क्षतिमा ४ अर्ब ३८ करोड रुपैयाँ बीमा दाबी भुक्तानी

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको सम्पत्ति क्षतिमा परेको बीमा दाबीमा इन्स्योरेन्स कम्पनीले करिब साढे ४ अर्ब रुपैयाँ भुक्तानी गरेका छन्। तोडफोड र आगजनीबाट भएको क्षतिमा २३ अर्ब ४४ करोड रुपैयाँको दाबी परेकामा कम्पनीहरुले अग्रिम भुक्तानीसहित ४ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ भुक्तानी गरेका हुन्।
सम्पत्ति बीमातर्फ सबैभन्दा धेरै १९ अर्ब १ करोड रुपैयाँ दाबी परेकामा कम्पनीहरुले ३ अर्ब १२ करोड २७ लाख रुपैयाँ भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार मोटर बीमातर्फ २ हजार ३०८ वटा दाबीको ३ अर्ब ४८ करोडमध्ये १ अर्ब ९ करोड भुक्तानी भएको छ।
यसैगरी, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा दाबीको ५५ करोड ५५ लाखमध्ये ६ करोड ८१ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको १ करोड ६९ लाखमध्ये ६६ लाख र अन्य बीमातर्फ ४५ वटा दाबीको ३८ करोड ४० लाखमध्ये ४९ लाख रुपैयाँ भुक्तानी भएको छ।
यसैगरी, असोज १८ को बाढी पहिरोका कारण भएको क्षतिमा ४ अर्ब ४ करोड रुपैयाँ दाबी परेकामा कम्पनीले १ करोड ८८ लाख रुपैयाँ भुक्तानी गरेको प्राधिकरणले जनाएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































