जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • वाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडादर बढ्यो, अब गाडी चढ्नेबित्तिकै १८ रुपैयाँ तिर्नुपर्ने

वाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडादर बढ्यो, अब गाडी चढ्नेबित्तिकै १८ रुपैयाँ तिर्नुपर्ने

वाग्मती प्रदेशमा संचालन हुने सार्वजनिक सवारीसाधनको सोमबारदेखि भाडा बढेको छ।

कार्तिक १ गतेदेखि लागु हुने गरी वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले असोज २० गते भाडा समायोजन गर्ने निर्णय गरेको हो। अब वाग्मती प्रदेशभित्रका छोटो दुरीमा सार्वजनिक सवारीसाधन चढ्ने यात्रुले चढ्ने बित्तिकै १८ रुपैयाँ तिर्नुपर्नेछ।

५ किमीसम्म यात्रा गर्न १८ रुपैयाँ तोकिएको छ। १० किमीसम्म २३ रुपैयाँ, १५ किमीसम्म २७ रुपैयाँ, २० किमीसम्म ३० रुपैयाँ र २० किमीभन्दा माथि ३५ रुपैयाँ भाडा तिर्नुपर्नेछ। १० वटा सूचकलाई आधार मानेर भाडा बढाइएको हो।

लामो तथा मध्यमदुरीका सवारीसाधनका लागि केन्द्र सरकारले असार २९ गते २८ प्रतिशतसम्म भाडादर बढाइसकेको छ।

बागमती  प्रदेशमा १५ केजीसम्म सामान/गुण्टा निःशुल्क छ।

सोभन्दा बढी १० केजीसम्म  ५ रुपैयाँका दरले भाडा भुक्तानी गरी सवारीसाधन उत्पादक कम्पनीले तोकेको सरसामान/गुण्टा लिइ यात्रा गर्न पाइने बताइएको छ।

4545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका