जोडिनुहोस
बुधबार, मंसिर २५, २०८२
बुधबार, मंसिर २५, २०८२
  • होमपेज
  • राणाको सिइओ पद संकटमा, श्रेष्ठ समूह र नेशनल लाईफ हिमालयन बैंकको सिइओको खोजीमा लागेः ढुंगाना की के.सी. !

राणाको सिइओ पद संकटमा, श्रेष्ठ समूह र नेशनल लाईफ हिमालयन बैंकको सिइओको खोजीमा लागेः ढुंगाना की के.सी. !

विगत स्थापना कालदेखि नै हिमालयन बैंकको सिइओ बनेका अशोक राणाको पद अब चाहि संकटमा पूगेको छ भन्दा फरक पर्दैन । सदाबहार हिमालयन बैंकको सिइओ बनेका राणाले बैंकको खराब कर्जा घटाउन नसकेको, कर्मचारी करारमा राखी काम गरेको, राष्ट्र बैंकका निर्देशन पालना नगरेको देखिएको छ । लगानीकर्ता समूहद्वय श्रेष्ठ समूह र नेशनल लाईफ इन्स्योरेन्स समूहले नयाँ सिइओको खोजी शुरु गरेको स्रोतको दाबी छ ।

श्रेष्ठ समूहले नबिल बैंकका पूर्व सिइओ एवं नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानालाई सिइओ बनाउन लागि परेको दाबी गरेको छ । यदि नेशनल लाईफ इन्स्योरेन्स कम्पनी समूहले नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष एवं एनएमबी बैंकका पूर्व सिइओ सुनिल के.सी र नबिल बैंकका पूर्व सिइओ एवं नेपाल बैंकस संघका पूर्व अध्यक्ष ढुंगानालाई हिमालयन बैंक भित्र्याउने बारे कुराकानी भइरहेको दाबी गरेको छ । यी दुई समूहले अब हिमालयन बैंकको सिइओ राणाबाट बैंक नचल्ने निश्कर्षमा पुगेका छन् । भन्दा फरक पर्दैन । भनिन्छ श्रेष्ठ समूहले ग्लोबल आईएमई बैंकका पूर्व सिइओ रत्नराज्य बज्राचार्यसंग कुरा गरे पनि उमेरद्वयका कारण उनी सिइओ बन्न नसक्ने राष्ट्र बैंकले भनेपछि ढुंगाना वा के.सी.संग कुरा गरेको दाबी गरेको छ । ढुंगाना र के.सी. आफैमा अनुभवी एवं दक्ष बैंकर मानिन्छन् ।

प्रवर्धक सेयरधनीमा नेशनल लाइफ इन्स्योरेन्सको प्रवेशपछि हिमालयन बैंकमा दुई फरक समूहबाट प्रमुख कार्यकारी अधिकृतको खोजी सुरु भएको छ ।

भनिन्छ हिमालयन बैंकका सिइओ राणाको कार्यदक्षता बारे राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नै अनसन्तुष्टी व्यक्त गरे पछि सिइओको खोजी तिव्ररुपमा आएको देखिन्छ । प्रवर्धक सेयरधनीमा नेशनल लाइफ इन्स्योरेन्सको प्रवेशपछि हिमालयन बैंकमा दुई फरक समूहबाट प्रमुख कार्यकारी अधिकृतको खोजी सुरु भएको छ । लामो समयदेखि प्रमुख कार्यकारी अधिकृत रहेका अशोक राणालाई हटाएर आफू अनुकूलको मान्छे ल्याउन दुई प्रवर्धक सेयरधनी समूहले भित्रभित्रै पहल गरिरहेको देखिन्छ । भन्दा फरक पर्दैन ।

मनोजबहादुर र अशोक राणा अहिले पक्ष/विपक्षमा देखिए पनि ‘उचित’ समयमा सधैं मिल्ने गरेको बैंककै कतिपय संचालक र व्यवस्थापकहरु बताउँछन् । अरुबेला बेमेल देखिए पनि खासगरी संचालक चयन र प्रमुख कार्यकारी पुनर्नियुक्तिका बेला मिल्ने गरेको देखिन्छ ।

मनोजबहादुर श्रेष्ठ समूहले आफ्नो हिसाबले नयाँ प्रमुख कार्यकारी ल्याउन पहल गरिरहेको छ भने नेशनल लाइफ समूहले पनि त्यही अनुसार काम गरिरहेको देखिन्छ । मनोजबहादुरका तर्फबाट अहिले बैंकको संचालक समितिमा प्रचण्डबहादुर श्रेष्ठ अध्यक्ष छन् । यो समूहसँग प्रमुख कार्यकारी अधिकृत राणाको सम्बन्ध राम्रो छैन । राणासँग अहिले खेतान समूह, सुनिलबहादुर थापालगायत छन् । मनोजबहादुर र अशोक राणा अहिले पक्ष/विपक्षमा देखिए पनि ‘उचित’ समयमा सधैं मिल्ने गरेको बैंककै कतिपय संचालक र व्यवस्थापकहरु बताउँछन् । अरुबेला बेमेल देखिए पनि खासगरी संचालक चयन र प्रमुख कार्यकारी पुनर्नियुक्तिका बेला मिल्ने गरेको देखिन्छ । पुराना बैंकहरुले आफूलाई पुनर्संरचना गरेर समय अनुकूल बैंकिङ गरिरहेका बेला हिमालयन बैंक अहिले पनि परम्परागत ढंगले चलेको, ग्राहक सेवा सुविधामा कमजोर भएको भन्ने गुनासा बढेपछि राष्ट्र बैंक अहिलेको व्यवस्थापनसँग बेखुसी देखिएको देखिन्छ । सचेत भया ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?