जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ब्यापारसँगै स्प्रेड बढाएर नेपाल बैंकले नाफामा मार्यो छलाङ

ब्यापारसँगै स्प्रेड बढाएर नेपाल बैंकले नाफामा मार्यो छलाङ

ऋण बिस्तारसँगै स्प्रेड दर बढाएर सरकारी स्वामित्वको नेपाल बैंकले नाफा बृद्धि गरेको छ। बैंकले ३.७ प्रतिशतको ब्याज स्प्रेडलाई ४.३४ प्रतिशत पुर्याएर नाफामा ३१.४० प्रतिशतले बृद्धि गरेको छ।

बैंकले शुक्रबार गत आर्थिक बर्षको वितीय विवरण प्रकाशित गर्दै नाफा ३ अर्ब ६ करोड ५४ लाख रुपैयाँ पुगेको जनाएको छ। बैंकले ऋण बिस्तार पनि ३०.२३ प्रतिशतले गरेको छ। ब्याज खर्च हुने निक्षेप संकलन १५ प्रतिशतले मात्र बढाएको छ।

एकातिर ब्यापार बृद्धि र अर्कोतिर स्प्रेडका कारण बैंकले नाफा बढाएको हो। बैंकको नाफा सुधारमा ऋण नोक्शानी ब्यवस्थापनको पनि हात छ। यो पोहोर भन्दा ५२.४ प्रतिशतले घटेको छ। बरु राष्ट्र बैंकको नीतिपछि अन्तिम त्रैमास साढे ६ करोडले प्रोभिजनिङ बढाउँदै कुल ४१ करोड ८६ लाख रुपैयाँ गरेको छ।

बैंकले खुद ब्याज आम्दानी ६ अर्ब ४६ करोड रुपैयाँ गरेको छ भने ४५ करोड ३४ लाख रुपैयाँ सेयरलगायतको बिक्रीबाट आम्दानी गरेको छ। बैंकले ऋण एक खर्ब ३४ अर्ब रुपैयाँ पुर्याएको छ भने निक्षेप एक खर्ब ६२ अर्ब रुपैयाँ पुर्याएको छ।

बैंकको आधार ब्याज दर ६.९९ प्रतिशतबाट ५.७३ प्रतिशतमा झरेको छ। बैंकको प्रति सेयर आम्दानी २४.२६ रुपैयाँ छ भने पीइ रेसियो १८ गुणा छ।

2405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका