
नेपाल धितोपत्र बोर्ड(सेबोन)को सञ्चालक समितिले पूर्णता पाएको छ। अर्थमन्त्री रामेश्वर खनालले विज्ञ सदस्यका रुपमा पिताम्बर भण्डारीलाई सेबोनको सञ्चालक नियुक्त गरेका छन्।
भण्डारी नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्। उनीसँग बैंकिङ तथा वित्तीय क्षेत्रमा तीन दशक लामो काम गरेको अनुभव छ।
उनले राष्ट्र बैंकमा हुँदा सुपरिवपेक्षणदेखि अनुसन्धान विभागसम्मको अनुभव हासिल गरेका छन्। सेबोनमा विज्ञ सदस्यको रुपमा यसअघि भोलानाथ ढुंगाना सञ्चालक थिए।
मन्त्री खनालले भण्डारीलाई शुक्रबार तीन वर्षका लागि भण्डारीलाई नियुक्ति दिएका हुन्।
सम्बन्धित समाचार
लोकप्रिय समाचार






































































