जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कुमारी बैंकद्वारा ट्राफिक प्रहरीलाई सेनिटाईजर हस्तान्तरण

कुमारी बैंकद्वारा ट्राफिक प्रहरीलाई सेनिटाईजर हस्तान्तरण

कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल ट्राफिक प्रहरीलाई यस कोरोना संक्रमित घडीमा १०० लिटर सेनिटाईजÞर सहयोग स्वरूप प्रदान गरेको छ । कोरोना महामारीको संकटदायी घडीमा अत्यावश्यक तुल्यिएको सेनिटाईजÞर रामशाहपथ स्थित महानगर पुलिस कार्यालयमा एक समारोहबीच बैंकले हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा कुमारी बैंकका तर्फबाट अनुषा शाक्य ज्यूले काठमाडौं महानगर पुलिसका वरिष्ट सुपर इन्टेंडेंट (एसएसपी) भीम प्रसाद ढकाल ज्यूलाई सेनिटाईजर हस्तान्तरण गरेर सम्पन्न गर्नुभयो । कोरोना महामारी एवं विपदको समयमै न्यूनीकरण एवं नियन्त्रणका लागी नेपाल सरकारको राहत कोषमा योगदान, स्थानीयस्तरमा निम्नस्तरका महामारी प्रभावित वासिन्दालाई राहत–वितरण जस्ता गतिविधिहरू आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले वहन गर्दै आएको छ ।

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई आफ्ना देशव्यापी शाखा र एटिएम मार्फत निरन्तर बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।

15215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका