जोडिनुहोस
आइतवार, पुस २७, २०८२
आइतवार, पुस २७, २०८२
  • होमपेज
  • पर्यटनमन्त्री सिन्हाको रोजाइमा देवचन्द्र लाल

पर्यटनमन्त्री सिन्हाको रोजाइमा देवचन्द्र लाल

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नयाँ नेतृत्व पाएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व सम्हालेको एक साता नहुँदै मन्त्री अनिलकुमार सिन्हाले क्यानको नेतृत्व फेरेका हुन्।

सिन्हाले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरेर देवचन्द्र लाल कर्णलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका छन्। कर्ण क्यानका १२औं तहका कर्मचारी हुन्।

क्यानमा कर्णका अलावा प्रेमनाथ ठकुर र जगन्नाथ निरौला १२ औं तहका कर्मचारी हुन्। कर्ण र ठाकुर २०७८ पुस १६ गते १२ औं तहमा बढुवा भएका थिए। निरौला भने २०७९ चैत १९ गते १२औं तहमा बढुवा भएका थिए।

ठाकुरभन्दा एक वर्ष अगाडि २०७३ जेठ ३२ मा ११औं तहमा बढुवा भएको आधारमा कर्णलाई मन्त्री सिन्हाले निमित्त महानिर्देशक बनाएका हुन्। कर्णलाई महानिर्देशकले प्रयोग गर्ने सम्पूर्ण अधिकार दिइएको छ।

275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका