जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कामना सेवा विकास बैंकका एकैदिन दुई वटा शाखा उद्घाटन

कामना सेवा विकास बैंकका एकैदिन दुई वटा शाखा उद्घाटन

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा थप दुई नयाँ शाखा विस्तार गरेको छ । प्रदेश नं ३ अन्तर्गत काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित स्वयम्भूमा र भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नं. ७ स्थित जगातीमा यही असार १५ गते आफ्नो १२६ औँ र १२७ औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि बैंकका अध्यक्ष सुदिप आचार्यले उक्त शाखाहरुको समुद्घाटन गरेका हुन् ।

उक्त समुद्घाटन समारोहमा बैंकका संचालक विश्वश्वेर सुवेदी, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीहरु उपस्थित थिए भने अन्य सञ्चालकहरुको भर्चुवल उपस्थिति रहेको थियो ।

यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । बैंकले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नवीनतम् प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै जाने रणनीति अवलम्बन गरेको छ ।

यससंगै अब बैंकले १२७ शाखा, १ विस्तारीत काउन्टर तथा ६६ वटा एटिएममार्फत ग्राहक हरुलाई निरन्तर सेवा प्रदान गर्नेछ ।

8235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?