जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • इसेवाको दशैं र तिहारलक्षित योजना सार्वजनिक

इसेवाको दशैं र तिहारलक्षित योजना सार्वजनिक

इसेवाले दशैं र तिहारलाई लक्षित गर्दै विभिन्न योजनाहरु सार्वजनिक गरेको छ। इसेवामार्फत घटस्थापनादेखि १० दिनसम्म कुनै पनि बैंकमा नि:शुल्क रकम ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ। यस्तै, बम्पर उपहारमा ‘सय रुपैयाँमा स्कुटर’ योजनामा एकजना विजेताले स्कुटर जित्न सक्ने बताइएको छ। स्कुटर नजित्ने इसेवा प्रयोगकर्ताहरुको रकम फिर्ता गरिने कम्पनीले जनाएको छ।
त्यसैगरी, साप्ताहिक रूपमा एकजना बिजेताले आकर्षक उपहार प्राप्त गर्नेछन्। सेण्ड मनि दशैं क्याम्पेनमा पाँच सय जनाले पाँच सय रुपैयाँ र सेण्ड मनि तिहार योजनामा पनि पाँच सय जनाले पाँच सय रुपैयाँ डिजिटल दक्षिणा पाउने इसेवाले जनाएको छ।

फ्ल्यास् अफरअन्तर्गत मोबाइल रिचार्जमा १० प्रतिशत वा ५० रुपैयाँसम्मको क्यासब्याक पाउन सकिने बताइएको छ। यो योजना असोज १८ देखि असोज २७ सम्म लागू हुने कम्पनीले जनाएको छ।

एयरलाइन्स योजनामा दैनिक तीन जनाले रिटर्न टिकट प्राप्त गर्न सक्ने बताइएको छ। एक जना विजेताले स्कुटर जित्न सक्नेछन्। मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ५० लाख पुगेको कम्पनीले जनाएको छ। अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्।

हाल इसेवाका देशभर करिब एक लाख ४० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको र मर्चेन्टको संख्या तीन लाख नाघिसकेको कम्पनीले जनाएको छ। इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था जोडिसकेका छन्।

5515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका