जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको १ करोडभन्दा बढी हिनामिना

सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको १ करोडभन्दा बढी हिनामिना

पूर्वको सप्तकोशी डेभलपमेन्ट बैंकको विराटनगरस्थित कर्पोरेट कार्यालयमा रेमिट्यान्सको १ करोडभन्दा बढी रकम हिनामिना भएपछि एक कर्मचारी पक्राउ परेका छन् । बैंक स्रोतका अनुसार बैंकको रेमिट शाखामा कार्यरत जुनियर अफिसर हिमाल भट्टराई पक्राउ परेका हुन् ।
भट्टराईले आफ्नो कम्प्युटरको पासवर्डको दुरुपयोग गरेर रकम हिनामिना गरेको अभियोग लगाइएको छ । बैंकका सिइओ नवीन सुवेदीले कर्मचारी भट्टराई पक्राउ परेको पुष्टि गरे ।

सिइओ सुवेदीले यस प्रकरणलाई नेपाल प्रहरीको सिआइबी र नेपाल राष्ट्र बैंकले अनुसन्धान गरिरहेकाले तत्काल थप केही भन्न नमिल्ने बताए । बैंक स्रोतले उनलाई पक्राउ गर्न र घटनाको छानबिन गर्न सिआईबी र राष्ट्र बैंकको टोली आएर फर्किसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले सप्तकोशीको केसलाई सिआइबीले हेरिरहेको उल्लेख गरे । प्रवक्ता श्रेष्ठले अभियुक्तलाई कुन कसुरअन्तर्गत मुद्दा चलाउने भन्ने विषयमा छलफल नटुङ्गिएकाले अहिले नै सूचना दिन नमिल्ने बताए। अभियुक्त भट्टराईलाई देवानी वा फौजदारी कुन प्रकृतिको मुद्दा लगाउने भन्ने बारेमा सिआइबी निक्र्यौलमा पुगिनसकेकाले मुद्दा दर्ता गर्न ढिलो भएको बताइएको छ ।

डिएसपी श्रेष्ठले कुन प्रकृतिको मुद्दा लगाउने भन्ने विषयमा राष्ट्र बैंक र कानुनविज्ञसित समन्वय भइरहेको जानकारी दिए ।उनले हिनामिना भएको रकम कति हो भन्ने विषयमा मुद्दा दर्ता गर्नुपूर्व अहिले बोल्न नमिल्ने स्पष्ट पारे । उनले भने, ‘मुद्दा दर्ता भएपछि हामी पत्रकार सम्मेलन गरेरै सबै जानकारी दिन्छौं।’ बैंकको केन्द्रीय कार्यालय धनकुटा र कर्पोरेट कार्यालय विराटनगरमा छ । तर केन्द्रीय कार्यालयका सबै काम कर्पोरेट कार्यालयबाटै गरिन्छ । सप्तकोशी पूर्वकै ठूलो विकास बैंक मानिन्छ । यो बैंक प्रदेश १ का मोरङ, सुनसरी, झापा, पाचथर, इलाम, धनकुटा र तेह्रथुम गरी ७ जिल्लामा विस्तारित छ ।

2100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका