Sticky Breaking News
शिखर इन्स्योरेन्स कम्पनीले बीमितले प्रस्ताव गरेको बीमा रकम र जारी बीमा लेखको बीमांक रकम फरक बनाएर घोटला गरेको खुलासा

आफूलाई निर्जीवन बीमा कम्पनीमा नम्बर १ भएको बताउदै आएको शिखर इन्स्योरेन्स कम्पनी भित्र धमिरा लागेको मात्रै छैन । बीमित होसियार हुनुपर्ने देखिन्छ । नेपाल बीमा प्राधिकरणले गरेको स्थलगत निरिक्षण प्रतिवेदनमा भनिएको छ । शिखर इन्स्योरेन्स कम्पनीका सिइओ दिप प्रकाश पाण्डेले यति डरलाग्दो काम गरेका छन् कि त्यो हो बीमितले प्रस्ताव गरेको बीमा रकम र जारी बीमा लेखको बीमांक रकम फरक गरि घोटला गरेको देखिन्छ ।
बुदागत रुपमै हेरौं ।
– बीमकले होल इन वन बीमालेख जारी गर्दा बीमालेख प्रचलनमा नल्याई कभरनोट मात्र जारी गर्ने गरेको देखियो ।
– प्रस्ताव फाराम प्राप्त नगरी तथा पुर्ण नभरिएको प्रस्ताव फाराम प्राप्त गरी बीमालेख जारी गर्ने गरेको देखियो ।
– प्रस्तावक यकिन नगरी इमेलमा प्राप्त भएको विवरणको आधारमा प्रस्ताव फाराम भरी बीमालेख जारी गर्ने गरेको देखियो ।
– बीमितकों अनुरोध बिना सम्पुष्टि मार्फत बीमालेखमा भएको व्यवस्था परिवर्तन गरेको देखियो ।
– बीमितले प्रस्ताव गरेको बीमांक रकम र जारी बीमालेखको बीमांक रकम फरक भएको देखियो ।
– बीमा गर्दा बीमा गर्न प्रस्तावित विषय बस्तु वा सम्पत्तिको भौतिक निरीक्षण, अवलोकन तथा परीक्षण गरी यकिन भए पश्चात मात्र बीमालेख जारी गर्नु पर्नेमा सो सो गरेको देखिएन ।
– जारी भएका बीमालेखमा रसिद नं. नराखिएको तथा केही बीमालेखमा बीमकले हस्तलिखित रसिद नं. राख्ने गरेको देखियो ।
– प्रचलनमा रहेको जोखिमांकनको अधिकार सिमा र सफ्टवेयरमा भएको व्यवस्थामा एकरुपता नभइ सफ्टवेयरबाट सिर्जित स्वीकृत गर्ने अधिकार भएको पदाधिकारी र बीमालेखमा अधिकार प्राप्त अधिकारी भनी हस्ताक्षर गर्ने पदाधिकारी फरक भएको देखियो ।
– बीमकले सर्भेयरबाट प्रतिवेदन प्राप्त भएको ३५ दिन भित्र दावी भुक्तानी गरेको देखिएन ।
– क्षति मुल्यांकन गर्न खटिएका सर्भेयरले सर्भे प्रतिवेदन ढिला गरी पेश गरेको देखियो ।
– बीमकको सर्भेयर नियुक्ति छनोटका सम्वन्धमा कुनै स्पष्ट प्रक्रिया/नीति भएको पाइएन फलस्वरुप बीमकले ५० वटा भन्दा बढि सर्भे रिपोर्ट पेश गर्न बाँकी भएका सर्भेयरलाई समेत सर्भे गर्न खटाएको देखियो ।
– बीमकले दावी भुक्तानी स्वीकृत हुनु भन्दा अगावै भुक्तानी पुर्जा जारी गरेको देखियो ।
– दाबीहरु कुनै प्रकृया र निर्णय बिना बन्द गर्ने गरेको देखियो ।
– बीमितले पेश गरेको दाबी जानकारी तथा भुक्तानी सम्बन्धी विवरण क्यातधबचभ मा राख्ने गरेको देखिएन ।
– बीमकको दावी निर्धारण समितिले गरेको निर्णयमा सर्भेयरले क्षति मुल्याकंन गरेको वास्तविक रकम भन्दा कम रकम मुल्याकंन गरेको भनि उल्लेख गरेको देखियो ।
– बीमकले फ्याकल्टेटिभ पुनर्बीमा गर्नु पर्ने अवस्थामा पुनबींमकको समर्थन नभई जोखिम बहन गर्ने गरेको देखियो ।
– बीमकले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडलाई पुनर्बीमा ट्रिटी वापत भुक्तानी गर्नु पर्ने पुनर्बीमा शुल्क बक्यौता भएको ९ महिना अवधी सम्म पनि भुक्तानी गरेको देखिएन । सचेत भया ।

सम्बन्धित समाचार
लोकप्रिय समाचार




































































