जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकद्वारा ३ करोड भन्दा बढि कर्जा नक्कली धितो राखी दिएको खुलासा, १ जना पक्राउ सहित ७ जना फरार, सीइओ न्यौपाने विरुद्ध धितोपत्र बोर्डले प्रहरीलाई छानवीन गर्न दियो निवेदन (प्रमाण सहित)

एनआईसी एशिया बैंकद्वारा ३ करोड भन्दा बढि कर्जा नक्कली धितो राखी दिएको खुलासा, १ जना पक्राउ सहित ७ जना फरार, सीइओ न्यौपाने विरुद्ध धितोपत्र बोर्डले प्रहरीलाई छानवीन गर्न दियो निवेदन (प्रमाण सहित)

एनआईसी एशिया बैंक भित्र एउटा डरलाग्दो कर्जा घोटला काण्ड फेला परेको छ । पूराना र मर्जरबाट ठूला भएका वाणिज्य बैंकहरुलाई नाफामा टक्कर दिँदै आएको एनआईसी एशिया बैंकले नक्कली धितो राखी पौने ३ करोड कर्जा दिएको भेटिएको छ । एनआईसी एशिया बैंकको राजविराज शाखाबाट नक्कली धितो राखेर पौने ३ करोड कर्जा दिएको भेटिएपछि प्रहरीले १ जनालाई पक्राउ गरेको छ भने शाखा प्रबन्धक सन्तोष कुमार यादव सहित ७ जना अझै फरार छन् । कर्जा प्रवाहमा अन्धाधुन्द लगानी गरेको एनआईसी एशिया बैंक भित्र यस्ता सयौ नक्कली कर्जा काण्ड भएपछि बाहिर आएका छैनन् । बैंक बदनाम हुने डरले अर्को जग्गा लिएर भित्र भित्रै यस्ता काण्ड मिलाउने गरेको एनआईसी एशिया बैंकले यस पटक केही नलागे पछि बाध्य भएर प्रहरीसंग हारगुहार गरेको भेटिएको छ । भन्दा फरक पर्दैन । भनिन्छ ३ करोडको फाइल राजविराज शाखाबाट केन्द्रिय कार्यालय आएको र उक्त फाइलमा बैंकका डिसीइओ सन्तोष कुमार राठीले समेत हस्ताक्षर गरेको कारण उनी माथी समेत प्रहरीले छानवीन शुरु गरेको स्रोतको दाबी छ ।

बैंकका प्रबन्धक सन्तोषकुमार यादव, आसमा खातुन, बसिरन खातुन, व्यवसायी मो. समसाद, तत्कालीन सनराइज बैंक शाखा राजविराजका वरिष्ठ सहायक दीपेन्द्र यादव, भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अपरेटर दीपक शर्मा र व्यवसायी शंकर यादव फरार छन् । भने एनआईसी एशिया बैंकले कर्जा प्रोभिजन गरेको देखिन्छ । यसले खराब कर्जा बढ्ने र बैंक नेतृत्व माथी ठूलो प्रश्न खडा भएको छ ।

एनआइसी एसिया बैंकको राजविराज शाखामा नक्कली धितो राखेर पौने ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको आरोपमा जना पक्राउ परेका छन् । अर्कैको नाममा रहेको प्रसवनी–९ (ग) को कित्ता नम्वर २२१ को १० कठ्ठा ५ धुर जग्गाको राजविराज नगरपालिका–९ (तत्कालिन मलेठ गाविस वडा नं.७) की वसिरन खातुनलाई नक्कली जग्गाधनि बनाएर नक्कली जग्गा रोक्का कागजात तयार पारेर रोक्का नम्वर १५१२०९८० एनएल ०००२२९० मा रोक्का गरेका छन् भने घरेलु तथा साना उद्योग कार्यालय सप्तरी राजविराजमा नै खातुनकै बुहारी आसमा खातुनको नाममा दर्ता भएको एएस ट्रेडर्स एण्ड सप्लायर्सको खातामा कर्जा दिएको भेटिएको छ । जग्गा रोक्का भएसँगै शाखाका प्रबन्धक यादवले स्वीकृत ऋण २ करोड ८० लाख रुपैयाँमध्ये माघ २४ गतेसम्ममा २ करोड ३० लाख रुपैयाँ निकासा समेत दिइसकेका छन् । घटना बाहिरिएसँगै शाखाका प्रबन्धक यादव सम्पर्कविहिन रहेका छन् ।

आवेदकको खातामा पर्याप्त रकम नभएको अवस्थामा पनि आवेदन स्वीकृत गरेकोमा कसरी आवेदनहरु स्वीकृत भयो ? भन्ने विषयमा छानबिन गर्ने भएको हो । विशाल समूहकै बैंक भएको र उक्त सिमेन्ट पनि विशाल समूहकै लगानी रहेको बैंकले यस्तो बदमासी गरेको धितोपत्र बोर्डको ठम्याई छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पंक्तिकारसंग भने एनआईसी एशिया बैंकको बदमासी देखियो । बैंकले खातामा पैसा नभएका व्यक्तिहरुको निवेदन स्वीकृत गरेको देखिएपछि प्रहरीलाई छानवीन गर्न पत्राचार गरेका छौं नि ।

पुर्जी जारी भएको दुई महिनापछि प्रहरीले आरोपितमध्येका एकजनालाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा मो. सदाम छन् । उनलाई राजविराजको एक पसलबाट पक्राउ गरिएको सप्तरी प्रहरीले पंक्तिकारसंग बतायो ।
जिल्ला सरकारी वकिलको कार्यालयमार्फत दायर भएको सरकारी कागजात किर्ते मुद्दामा सप्तरी जिल्ला अदालतबाट गत वैशाखको दोस्रो साता बैंकर्ससहित ९ जनाविरुद्ध जारी भएको थियो । बैंकका प्रबन्धक सन्तोषकुमार यादव, आसमा खातुन, बसिरन खातुन, व्यवसायी मो. समसाद, तत्कालीन सनराइज बैंक शाखा राजविराजका वरिष्ठ सहायक दीपेन्द्र यादव, भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अपरेटर दीपक शर्मा र व्यवसायी शंकर यादव फरार छन् । भने एनआईसी एशिया बैंकले कर्जा प्रोभिजन गरेको देखिन्छ । यसले खराब कर्जा बढ्ने र बैंक नेतृत्व माथी ठूलो प्रश्न खडा भएको छ । यता घोराही सिमेन्ट प्रकरणमा नेपाल धितोपत्र बोर्डले फर्जी आवेदन दिनेविरुद्ध प्रहरीमा लेखी पठाउने भएको छ । घोराही सिमेन्ट इण्डष्ट्रीको सेयरका विषयमा बोर्डले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै कम्पनीको आईपीओमा फर्जी आवेदन दिनेविरुद्ध थप छानबिन गर्न प्रहरीलाई सिफारिस गर्ने भएको हो ।
आईपीओका लागि आवेदन दिँदा सर्वसाधारणलाई भ्रममा पार्नेगरी फर्जी आवेदन दिएको पाइएपछि जालसाझी सम्बन्धमा थप छानबिन गर्न प्रहरीमा लेखी पठाउने भएको हो ।

त्यस्तै, बोर्डको अध्ययन प्रतिवेदनमा बैंक खातामा प्रयाप्त रकम नहुँदा नहुँदै पनि सर्वसाधारण लगानीकर्तालाई गुमराह राख्ने उद्धेश्यले फर्जी आवेदन दिने आवेदक, निष्काशनकर्ता कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको सञ्चालक र कर्मचारीसँग कुनै पनि सम्बन्ध नदेखिएको उल्लेख गरिएको छ । योसँगै आईपीओमा मागभन्दा बढी आवेदन पर्दा पनि समयावधि थप गर्न सूचना प्रकाशित गरेकोले सो सम्बन्धमा पनि थप अध्ययन गर्ने बोर्डको प्रतिवेदनमा उल्लेख छ ।
सोही प्रकरणमा नेपाल धितोपत्र बोर्डले आस्वा सदस्य एनआइसी एशिया बैंकविरुद्ध पनि छानबिन गर्ने भएको छ । आवेदकको खातामा पर्याप्त रकम नभएको अवस्थामा पनि आवेदन स्वीकृत गरेकोमा कसरी आवेदनहरु स्वीकृत भयो ? भन्ने विषयमा छानबिन गर्ने भएको हो । विशाल समूहकै बैंक भएको र उक्त सिमेन्ट पनि विशाल समूहकै लगानी रहेको बैंकले यस्तो बदमासी गरेको धितोपत्र बोर्डको ठम्याई छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पंक्तिकारसंग भने एनआईसी एशिया बैंकको बदमासी देखियो । बैंकले खातामा पैसा नभएका व्यक्तिहरुको निवेदन स्वीकृत गरेको देखिएपछि प्रहरीलाई छानवीन गर्न पत्राचार गरेका छौं नि । उनीकै शब्द सापटी लिने हो भने अब एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपाने जालसाजी र नक्कली कारोबारमा जेल जान पनि सक्दछन् । हेक्का होस् । सचेत भया ।

6855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका