जोडिनुहोस
बिहिबार, पुस २४, २०८२
बिहिबार, पुस २४, २०८२
  • होमपेज
  • अध्यक्ष श्रेष्ठकै कारण नेपाल धितोपत्र बोर्ड आन्दोलनको अखडा बन्दैः सयौं पाइपलाइनमा भएका कम्पनीहरुको आईपीओ संकटमा

अध्यक्ष श्रेष्ठकै कारण नेपाल धितोपत्र बोर्ड आन्दोलनको अखडा बन्दैः सयौं पाइपलाइनमा भएका कम्पनीहरुको आईपीओ संकटमा

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई हटाउनु पर्ने माग राख्नै कर्मचारीहरुको एक पछि अर्को आन्दोलनले नेपाल धितोपत्र बोर्ड भित्र हुने काम ठप्प मात्रै भएको छैन । पाइपलाइनमा भएका सयौं कम्पनीहरुको आईपीओ संकटमा पर्दै गएको देखिन्छ । नेपाल धितोपत्र बोर्डमा भएका लफाडा र काण्डहरु हेर्ने हो भने नेपालको आर्थिक अस्थीरता, राजनीतिक अस्थीरता र चरम भ्रष्टाचार छर्लङग देखिन्छ ।

पुँजी बजारको नियमनकारी निकाय बोर्डमा भएका गतिविधि, वेतिथि र आन्दोलनहरु हेर्ने हो भने सिंगो देशको तश्वीर झल्कीन्छ । विगत केही दिन अघि टुंगीएको एउटा आन्दोलन त ४५ दिन भन्दा लामो समय चल्यो । जतिवेला धितोपत्र बोर्ड माइति घरजस्तै आन्दोलनको अखडा बनेको थियो । माइतिघरमा राजनीतिक आन्दोलन जस्तै बोर्डमा सेयर बजारका आन्दोलनहरु पटक पटक हुने गरेका छन् । एक बर्षलाई फर्केर हेर्ने हो भने यति धेरै आन्दोलन कहिलै भएका देखिँदैनन् ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्षसहितलाई हटाउने तयारी थियो । धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ विवादै विवादमा छन् । यसअघिनै ओली सरकारकै पालामा उनको विवाद चरमचुलीमा थियो ।

नेपालको पूँजीबजार पछिल्ला वर्षहरूमा तीव्र उतार चढावको चरणमा छ । सेयर बजारमा एकातिर लगानीकर्ताको असन्तोष चरम सीमामा पुगेको छ, भने अर्कोतिर नियामक निकाय धितोपत्र बोर्डको नेतृत्व नै विवादमा परेको छ । बोर्डका अध्यक्षलाई हटाउन राजनीतिकदेखि लगानीकर्तासम्मका विभिन्न पक्षबाट दबाब बढ्दै गएपछि कैयौं दिन बोर्ड नै ठप्प भएको थियो । यसले अर्थमन्त्रालयलाई नै रनभुल्लमा पारेको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्षसहितलाई हटाउने तयारी थियो । धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ विवादै विवादमा छन् । यसअघिनै ओली सरकारकै पालामा उनको विवाद चरमचुलीमा थियो । ओली सरकारले उनलाई राजीनामा दिन निर्देशन दिइसकेको थियो । तर उनले राजीनामा दिएनन् । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने गरी सेबोनमा अध्यक्षका रुपमा ल्याइएका अध्यक्ष श्रेष्ठको योजना अहिलेको सरकारले तुहाइदिएको देखिन्छ ।

लगानीकर्ताको हित संरक्षण, दलाल तथा कम्पनीहरूको नियमन, बजार विस्तार र सुधार जस्ता महत्वपूर्ण कार्य यही बोर्डले गर्छ ।

नेपाल धितोपत्र बोर्ड देशको पूँजीबजारको नियामक निकाय हो । सेयर, बाण्ड, म्युचुअल फन्ड लगायतका सम्पूर्ण धितोपत्र कारोबारलाई पारदर्शी, विश्वसनीय र सुरक्षित बनाउन यसको जिम्मेवारी हुन्छ । लगानीकर्ताको हित संरक्षण, दलाल तथा कम्पनीहरूको नियमन, बजार विस्तार र सुधार जस्ता महत्वपूर्ण कार्य यही बोर्डले गर्छ । तर पछिल्लो केही वर्षयता बोर्डप्रति लगानीकर्ताको विश्वास घट्दै गएको छ। सेयर बजारमा असंगति, अनुमतिपत्र वितरणमा देखिएका अनियमितता र नीतिगत अस्थिरताले अध्यक्षको नेतृत्वमाथि प्रश्न उठ्न थालेको हो। केही समय अघिसम्म सेयर लगानीकर्ताहरूले धितोपत्र क्षेत्र सुधारका लागि भन्दै धितोपत्र बोर्डको नेतृत्वले लगानीर्ताको भावनाअनुसार काम नगरेको भन्दै हटाउन माग गरेका थिए ।

जनरल इन्भेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल धितोपत्र लगानीकर्ता संघले दबाब दिएका थिए । धितोपत्र बोर्डको नेतृत्व विवादले नेपालकै पूँजीबजार अस्थिर बनेको छ।

अर्थमन्त्री रामेश्वर खनाललाई भेट गरी पुँजी बजारको सुधारका लागि काम नगरेका अध्यक्ष र सीईओ हटाउन माग गरेका हुन् । धितोपत्र क्षेत्रमा भएका कमीकमजोरीका कारणले सुधार, विकास र विस्तार हुन नसकेकोले नेपाल सरकारले तत्कालीन र दीर्घकालीन सुधारका लागि गर्नुपर्ने कामको विवरण चार लगानीकर्ता संघका नेताले मन्त्री खनाललाई बुझाएका थिए । जनरल इन्भेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल धितोपत्र लगानीकर्ता संघले दबाब दिएका थिए । धितोपत्र बोर्डको नेतृत्व विवादले नेपालकै पूँजीबजार अस्थिर बनेको छ। लगानीकर्ताको मनोबल कमजोर बनेको छ । नयाँ लगानीकर्तालाई बजार प्रवेश गर्न हतोत्साहित भएको अवस्था छ । विदेशी लगानीकर्ताको विश्वास घट्ने खतरा बढेको छ । यसरी नियामक नेतृत्वमाथिको विवादले केवल व्यक्तिगत मात्र होइन, सम्पूर्ण अर्थतन्त्रमा असर पारिरहेको छ ।

अर्थमन्त्री रामेश्वर खनालले धितोपत्र बोर्डका रुपेश केसीको संयोजकत्वमा बनेको कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्जका निरञ्जन फूयाँल सहितको समिति बनाएका थिए ।

नयाँ सरकार गठन भएसँगै पूँजीबजारमा विकसित विसंगति तथा समस्या समाधान गर्न भन्दै अर्थमन्त्रालयले चार सदस्यीय कार्यदल गठन गरेको थियो । अर्थमन्त्री रामेश्वर खनालले धितोपत्र बोर्डका रुपेश केसीको संयोजकत्वमा बनेको कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्जका निरञ्जन फूयाँल सहितको समिति बनाएका थिए । कार्यदलले बुझएको प्रतिवेदनका आधारमा सुधारका केही प्रयास भए पनि बोर्डको नेतृत्वमाथिको संका नहटेपछि अर्थमन्त्रालयले आइपीओको विषयलाई लिएर अहिले छानविन समिति बनाएको छ । लगानीकर्ता र आन्तरिक कर्मचारीको झमेलामा पर्दै आएको बोर्डले कर्मचारी तथा लगानीकर्ताहरुसँग पटक पटक फरक फरक संझौता गर्दे हस्ताक्षर गर्दै नेतृत्व टिकाइरहेको छ । सचेत भया ।

445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका