जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • ग्लोबल आइएमई बैङ्कबाट एकै पटक ४ हाकिमको बिदा

ग्लोबल आइएमई बैङ्कबाट एकै पटक ४ हाकिमको बिदा

ग्लोबल आइएमई बैङ्कले कर्मचारीको लागी निकालेको स्वैच्छिक अवकाश योजनामा २८ जनाले आवेदन दिएका छन् । बैङ्कले तत्कालीन बैङ्क अफ काठमाण्डूका कर्मचारीलाई बिदा गर्न निकालेको भिआरएस योजनामा ग्लोबल बैङ्कका १ जनाले मात्रै आवेदन दिएका छन् ।  गत पुस २५ गते ग्लोबल आइएमई बैङ्कले बैङ्क अफ काठमाण्डूलाई अक्वायर गरेपछि पहिलो पटक कर्मचारी स्वैच्छिक अवकाश योजना ल्याएको हो । सो योजना हिजो साउन २२ गते सोमबार सकिएको बैङ्क स्रोतले बताएको छ ।

बैङ्कको भीआरएसमा २८ जना कर्मचारीहरूले आवेदन दिएका छन् । बैङ्क स्रोत अनुसार १ जना डिजीएम र ३ जना एजीएमसहित  २८ जना कर्मचारी भीआरएस अप्लाइ गरेका हुन् । ‘बैङ्कले ल्याएको भीआरएस सोमबार सकिएको छ, सो अवधिमा डीजीएम र एजीसहित २८ जना कर्मचारीहरूले अप्लाइ गरेका छन्’ बैङ्क स्रोतले भन्यो ।

बैङ्क अफ काठमाण्डूका उच्च तहमा रहेका कर्मचारीले मात्रै अवकाश रोज्नुमा बैङ्कभित्र ग्लोबल समूहको दबाब रहेको बुझ्न सहिन्छ । बैङ्कले  अवकाश रोज्ने कर्मचारीलाई सेवा अवधिको आधारमा ८ महिना देखी २० महिनाको तलब सुविधा दिन लागेको छ ।

बैङ्कका एजिएम दीपकचन्द्र रेग्मी, कर्पोरेट बिजनेस प्रमुख अनिल श्रेष्ठ, जनरल सर्भिसका प्रमुख कमलराज पाठक, बैङ्कको रिटेल एन्ड कर्पोरेट प्रमुख सन्तोष प्रधानले पनि अवकाश रोजेका छन् । अवकाश रोज्ने ४ जना हाकिम साबिक बैङ्क अफ काठमाण्डूका पूर्व कर्मचारी हुन् ।

बैङ्क अफ काठमाण्डूलाई २०७९ पुस २५ गतेदेखि अक्वायर गरेको ग्लोबल आइएमईले मर्जरको ७ महिनापछि कर्मचारीलाई बिदाइ गर्न लागेको हो ।

895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका