जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • एक अर्ब ३० करोड भन्दा बढिको बीमा लेख सरेन्डर, पहिलो नेपाल लाईफ, दोस्रो एशियन लाईफ, तस्रो लाईफ इन्स्योरेन्स कर्पोरेशन, चौथो राष्ट्रिय बीमा संस्थानः नेपाल बीमा प्राधिकरण मुखदर्शक !

एक अर्ब ३० करोड भन्दा बढिको बीमा लेख सरेन्डर, पहिलो नेपाल लाईफ, दोस्रो एशियन लाईफ, तस्रो लाईफ इन्स्योरेन्स कर्पोरेशन, चौथो राष्ट्रिय बीमा संस्थानः नेपाल बीमा प्राधिकरण मुखदर्शक !

नेपालका जीवन बीमा कम्पनीहरुको बैशाख महिनामा मात्रै करिब १ अर्ब ३० करोड ८६ लाख बीमा लेख सरेन्डर भएको तथ्य फेला परेको छ । यो बीमा बजारको डरलाग्दो अवस्था हो भन्दा अब फरक पर्दैन । बीमा बजारको व्यापारको मेरुडण्ड भनेकै बीमा लेख हो तर, कम्पनीहरुको नालायकीपन र मुलुकमा देखापरेको आर्थिक मन्दीकै कारण जीवन बीमा कम्पनीहरुका बीमा लेख डरलाग्दोरुपमा सरेन्डर भएको देखिन्छ । भन्दा अब फरक पर्दैन । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालज्यू हेक्का होस् । सबैभन्दा बढि बीमा लेख नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको भएको छ भने दोस्रो एशियन लाईफ इन्स्योरेन्स कम्पनीका बीमा लेख सरेन्डर भएको तथ्य बाहिर आएको छ यस्तै लाईफ इन्स्योरेन्स कर्पोरेशन तेस्रोमा छ भने राष्ट्रिय बीमा संस्थान चौथोमा देखिएको छ । बैशाख महिनाको बीमा लेख सरेन्डरले बीमा बजारमा झड्का मात्रै लागेको छैन । बीमा लेख जारी नहुने हो कि भन्ने डर त्रास बढेर गएको देखिन्छ ।
जीवन बीमाका पोलिसी खरिद गरेर अवधि नै पुरा नभइ छाड्नेको संख्या लगातार बढेर गएको देखिन्छ । वैशाखमा मात्रै जीवन बीमा कम्पनीबाट एक अर्ब ३० करोड ८६ लाख रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको तथ्य बाहिर आएको छ । भन्दा फरक पर्दैन । गत चैतका तुलनामा कम्पनीहरुमा सरेन्डर हुने पोलिसी संख्या र रकम दुवै बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार वैशाखमा मात्रै १५ जीवन बीमा कम्पनीमा १० हजार ७ सय ९७ वटा बीमालेख सरेन्डर भएको छ ।

गत चैतमा एक अर्ब १८ करोड रुपैयाँको ९ हजार ३ सय ५८ वटा बीमालेख त्याग भएको थियो । पछिल्लो समय बीमा कम्पनीहरुमा बीमा सरेन्डर हुने क्रम घटबढ भइरहेको थियो । तर केही महिनायता भने सरेण्डरको संख्या बढ्दै गएको हो । भन्दा फरक पर्दैन । नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी वृद्धि गर्न दबाब दिएपछि कम्पनीहरु मर्जरमा गएका छन् । यसले उनीहरुलाई पुँजी र सेवा प्रवाहमा सुदृढ बनाए पनि बीमितमा सकारात्मक प्रभाव नपरेको आकलन बीमा कम्पनीका सिइओ सावहरुको छ । यसबारे नेपाल बीमा प्राधिकरणले समयमै चनाखो बन्नु जरुरी देखिन्छ । हेक्का होस् ।

वैशाखमा बीमा सरेन्डर बढी कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स अगाडि छ । नेपाल लाइफको ३१ करोड ९८ लाख रुपैयाँको १४ सय ८३ वटा बीमालेख सरेन्डर भएको छ । यस्तै एसियन लाइफ सरेन्डर संख्या बढेर दोस्रो स्थानमा आइपुगेको छ ।एसियनको ३१ करोड ८५ लाख रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको देखिन्छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनको १५ करोड ८५ लाख रुपैयाँको १४ सय ८३ वटा बीमालेख सरेन्डर भएको छ । यस्तै राष्ट्रिय बीमा संस्थानमा १० करोड ३४ लाख रुपैयाँको १४ सय ४२ वटा बीमालेख त्याग भएको भेटिएको छ । गत महिनामात्र एकीकृत कारोबार सुरु गरेको हिमालयन लाइफ इन्स्योरेन्समा १० करोड २६ लाख रुपैयाँको ५ सय ७७ वटा बीमा पोलिसी सरेन्डर भएको छ । एकीकृत कारोबारको तयारीमा रहेको प्रभु लाइफमा ८ करोड ५८ लाख रुपैयाँको बीमा सरेन्डर भएको छ ।

नेपाल लाइफको ३१ करोड ९८ लाख रुपैयाँको १४ सय ८३ वटा बीमालेख सरेन्डर भएको छ । यस्तै एसियन लाइफ सरेन्डर संख्या बढेर दोस्रो स्थानमा आइपुगेको छ ।एसियनको ३१ करोड ८५ लाख रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको देखिन्छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनको १५ करोड ८५ लाख रुपैयाँको १४ सय ८३ वटा बीमालेख सरेन्डर भएको छ । यस्तै राष्ट्रिय बीमा संस्थानमा १० करोड ३४ लाख रुपैयाँको १४ सय ४२ वटा बीमालेख त्याग भएको भेटिएको छ ।

नेशनल लाइफ इन्स्योरेन्समा ७ करोड ८७ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ । सूर्यज्योति लाइफको ६ करोड रुपैयाँको २ सय ७३ वटा बीमालेख, मेट लाइफको ३ करोड २० लाख रुपैयाँको ४ सय ३ वटा बीमालेख, सानिमा रिलायन्समा १ सय २५ वटा बीमालेख त्याग हुँदा एक करोड २७ लाख रुपैयाँ कम्पनीबाट बाहिरिएको छ । आइएमई लाइफमा एक करोड ९ लाख रुपैयाँको १ सय ५ वटा बीमालेख,सिटिजन लाइफको ९४ लाख, रिलायबल लाइफको ६८ लाख, महालक्ष्मी लाइफ ५३ लाख र सन नेपाल लाइफको ३७ लाख रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । भन्दा फरक पर्दैन । लाख होइन मासिकरुपमा करोड भन्दा बढि तलब भत्ता लिने बीमा कम्पनीका सीइओसाबहरु व्यवसाय विस्तार गर्ने हो । कुर्सीमा बसेर अन्र्तवार्ता दिने गफ लडाउने होइन हेक्का होस् ।

1440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका