
नेपाल बीमा प्राधिकरणले इन्स्योरेन्स कम्पनीहरुलाई सबै प्रकारका भुक्तानीमा विद्युतीय माध्यम अनिवार्य गरेको छ।प्राधिकरणले मंगलबार जीनव, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरुलाई माघ १ गतेदेखि अनिवार्यरुपमा विद्युतीय माध्यमबाट भुक्तानी गर्न निर्देशन दिएको हो।
प्राधिकरणले कम्पनीहरुलाई भुक्तानी सम्बन्धित व्यक्ति वा संस्थाको खातामा अनिवार्यरुपमा विद्युतीय प्रणालीमार्फत गर्न भनेको छ।
‘तहाँबाट हुने सबै प्रकारका भुक्तानी २०८२ साल माघ १ गते देखि सोझै सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन हुन निर्णायनुसार परिपत्र गरिएको छ,’ प्राधिकरणले कम्पनीहरुलाई भनेको छ।
बीमामा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गतिविधि बढेपछि भुक्तानीमा विद्युतीय माध्यम अनिवार्य गरिएको प्राधिकरणका एक कर्मचारीले बताए।
सम्बन्धित समाचार
लोकप्रिय समाचार



































































