जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ८ वर्षमा नेपाल लाइफले बीमितको बोनसदर २.१३ प्रतिशत बढ्यो, कुन वर्षमा कति ?

८ वर्षमा नेपाल लाइफले बीमितको बोनसदर २.१३ प्रतिशत बढ्यो, कुन वर्षमा कति ?

नेपाल लाइफ इन्स्योरेन्सले ८ वर्षको अवधिमा बोनसदर सावधिक बीमालेखमा २.१३ प्रतिशतले वृद्धि गरेको छ ।

कम्पनीले २०६८ सालदेखि २०७५ सालसम्म बोनसदर औषतमा २.१३ प्रतिशत अर्थात् १ रुपैयाँ ३३ पैसाले वृद्धि गरको हो ।

नेपाल लाइफ इन्स्योरेन्सले विगत ८ वर्षमा सावधिक जीवन बीमा कम्पनीमध्ये उच्च बोनसदर वृद्धि गरेको बीमा समितिको तथ्यांकले देखाएको छ ।

कम्पनीले २०६८ सालमा ५ देखि १५ वर्ष अवधिका सावधिक बीमा लेखमा प्रतिहजार ६२ रुपैयाँ बोनस बीमितलाई दिएको थियो । जुन ८ वर्षको अवधिमा ४.८४ प्रतिशत अर्थात् ३ रुपैयाँले वृद्धि भएर ६५ रुपैयाँ कायम गरेको छ । तर, कम्पनीले सावधिक बीमालेखमा २०६९ सालदेखि २०७५ सालसम्म भने बोनसदर प्रतिहजार ६५ रुपैयाँ नै कायम गरेको छ ।

साथै, कम्पनीले २०६८ सालमा १६ देखि २० वर्ष अवधिमा सावधिक बीमालेखमा प्रतिहजार बीमितलाई ६४ रुपैयाँ बोनस दिएको थियो । जुन २०७५ सालमा आइपुग्दा १.५६ प्रतिशत अर्थात् १ रुपैयाँले वृद्धि भइ ६५ रुपैयाँ कायम गरेको छ । तर, कम्पनीले २०६९ सालदेखि २०७५ सालसम्म भने एउटै बोनसदर कायम गरी बीमितलाई बोनस वितरण गरेको देखिन्छ ।

त्यस्तै, २१ वर्षदेखि २५ वर्ष अवधिका र २६ वर्षभन्दा माथिका बीमालेखको हकमा बोनसदरमा भने ८ वर्षको अवधिमा परिवर्तन गरेको छैन । कम्पनीले २०६९ सालदेखि २०७५ सालसम्म २१ वर्षदेखि २५ वर्ष अवधिका बीमालेखमा बीमितलाई प्रतिहजार ७२ रुपैयाँ र २६ वर्ष अवधिमाथिका बीमालेखमा बीमितलाई ८२ रुपैयाँ बोनस दिइरहेको छ ।

यसकारणले हुन्छ बीमितको बोनसदरमा उतारचढाव
साधरणतया, बीमा कम्पनीहरुले आफ्नो मार्केट भ्यालु बढाउन बोनस सेयरलाई मार्केटिङ उपकरणको रुपमा उपयोग गर्ने गर्दछन् ।
प्रायजसो, २६ वा सोभन्दा माथि अवधिका बीमालेख खरिद गर्ने बीमक थोरै हुन्छन् । किनकी मान्छेहरु धेरै लामो समयलाई प्रिमियम तिर्न तयार हुँदैनन् ।

साथै, नेपाल लाइफले पनि २६ वा सोभन्दा माथिका बीमालेखमा बोनसदर २०६८ सालमै प्रतिहजार ८२ रुपैयाँ गराएको थियो जुन अरु कुनै बीमा कम्पनीहरुले दिने बोनसदरभन्दा बढी हो ।

बोनस बढी नै भएपनि कम पोलिसी बिक्री भएकाले कम लायबिलिटी हुनुका साथै पहिले नै बोनस बढाएर मार्केटिक गरिएकाले बोनस यथावत हुनसक्छ ।

प्रायः धेरैजसो बीमकले ५ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका बीमालेख खरिद गरेको तथ्यांक छ । किनभने यसप्रकारका बीमालेखमा लामो समयलाई प्रिमियम तिरिरहन आवश्यक हुँदैन् ।

कम्पनीले बोनसदर निर्धारण गर्दा नाफा पनि समावेश गरेको हुन्छ । ५ देखि १५ वर्ष अवधिका बढी पोलिसी विक्री हुदाँ यसमा हुने सरप्लस पनि बढ्न जान्छ । त्यसैले सरप्लसको ९० प्रतिशत पोलिसी होल्डरलाई र १० प्रतिशत सेयर होल्डरलाई दिनु पर्दछ, जसको कारणले पनि बोनस बढाउन मद्दत पुग्दछ ।

नेपाल लाइफ इन्स्योरेन्सले पनि २०६९ सालमा ५ देखि १५ वर्ष र १६ देखि २० वर्ष बीमा अवधिका बीमालेखमा मात्रै बोनसदरमा वृद्धि गरेको छ ।

कम्पनीको बोनसदर २०६९ सालपछि २०७५ सालसम्म एकैदरमा छ । यो किनभने बीमामात्र नभएर जुनसुकै कम्पनीले आफ्नो बोनसदर स्थीर राख्न खोज्छ । एक्कासी बोनसदर घटाउने कुराले बीमा बजारमा नकारात्मक प्रचार पर्न जान्छ ।

बीमित, सेयर होल्डर, एजेन्ट अनि रेग्ुलेटर यस्तो कुरामा बढी ध्यान दिएका हुन्छन् । त्यसैले कुनै वर्षमा सरप्लस थोरैले अपुग नै भएपनि कम्पनीले उहि बोनसदर कायम गरेका हुन्छन् । आम्दानी तथा नाफामा धेरै वृद्धि नहुँदा अथवा नेगेटिभमा जाँदा कम्पनीले आफ्नो छवि राम्रो राख्न आफू कम फाइदा/नाफा राखी निजी कोषबाट लगानी गर्दै बोनसलाई एकनास बनाउने प्रयत्न गर्दछन् । यो विधिलाई बोनस स्मुथिङ भनिन्छ । बीमा जगतमा/बजारमा आफुलाई राम्रो स्थानमा राख्न अधिकांश कम्पनीहरुले लामो समयसम्म बोनसदर एकनासको राखेको पाइन्छ ।

2715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका