जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल एसबीआई बैंकद्वारा १०७ बालबालिकालाई न्यानो कपडालगायत सामग्री सहयोग

नेपाल एसबीआई बैंकद्वारा १०७ बालबालिकालाई न्यानो कपडालगायत सामग्री सहयोग

नेपाल एसबीआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठन (बाल मन्दिर) मा आश्रित १०७ जना बालबालिकालाई न्यानो कपडा, चप्पल, ब्ल्याङ्केट, म्याट्रेस, वाटर प्युरिफायरलगायत अत्यावश्यक सामग्री सहयोग गरेको छ ।

बैंकका अनुसार उक्त पहलबाट बालबालिकाको तत्काल आवश्यकता पूर्ति हुनुका साथै उनीहरूको समग्र विकासमा सहयोग पुर्याउने लक्ष्य लिइएको छ । सहयोग सामग्री हस्तान्तरण कार्यक्रमअन्तर्गत बैंकका अध्यक्ष वेंकट बंसीधर कुंचाले नेपाल बाल संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, सञ्चालक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रवीण मुनि बज्राचार्यलगायत बैंक तथा संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

बैंकले समुदायस्तरमा यस्ता सामाजिक गतिविधि समय–समयमा सञ्चालन गर्दै आएको जनाएको छ । विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल एसबीआई बैंक लिमिटेडका हाल देशभर १०२ शाखा, २२ एक्सटेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।

925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका