जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • सिद्धार्थ बैंकको सिईओमा रामेश्वर प्रसाद बस्याल नियुक्त

सिद्धार्थ बैंकको सिईओमा रामेश्वर प्रसाद बस्याल नियुक्त

सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतसिईओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भएका उनले प्रबन्धकदेखि सुरु गरी वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक,नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृतसम्मको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्।

आफ्नो साढे तीन दशक लामो करियरमा बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंक लिमिटेडमा विभिन्न जिम्मेवार पदहरूमा रहेर कार्य गरेका थिए। उनले विशेषगरी बजार व्यवस्थापन, कर्जा लगानी तथा जोखिम व्यवस्थापनको क्षेत्रमा उनको महत्त्वपूर्ण योगदान रहेको बैंकले उल्लेख गरेको छ।

संस्थागत सुशासनलाई उच्च प्राथमिकता दिने बस्यालको नेतृत्वमा सिद्धार्थ बैंकले आगामी दिनमा दीगो वृद्धि हासिल गर्ने, ग्राहक सेवामा उत्कृष्टता ल्याउने र संस्थागत संरचनालाई थप सुदृढ बनाउने विश्वास बैंक परिवारले लिएको छ

925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?