जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सूर्या र ज्योती लाइफ इन्स्योरेन्सले पुस ७ गतेदेखि एकीकृत कारोबार सुरु गर्दै

सूर्या र ज्योती लाइफ इन्स्योरेन्सले पुस ७ गतेदेखि एकीकृत कारोबार सुरु गर्दै

सूर्या लाइफ र ज्योती लाइफ इन्स्योरेन्सले पुस ७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । कारोबार सञ्चालनका लागि बीमा प्राधिकरणबाट मंसिर २९ गते अन्तिम स्वीकृति पाइसकेका छन् ।

पुस ७ बिहीबारदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु हुने कम्पनीले जनाएको छ । मर्जरपछि बनेको कम्पनीको अध्यक्षमा सूर्या लाइफका केशब प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाइफ इन्स्योरेन्सका प्रकाश बिक्रम खत्री रहनेछन् । त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन् ।

मर्जरपछि सूर्या लाइफ इन्स्योरेन्सको १०० कित्ता सेयर बराबर ज्योती लाइफको ८२ कित्ता सेयर अनुपात कायम रहनेछ । दुवै कम्पनीले गत असार १२ गते नै मर्जर सम्बन्धी सम्झौता गरेका थिए ।

2145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका