
अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनलाई आर्थिक रुपमा मितव्ययी बनाउनुपर्ने बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँग आइतबार भएको छलफलमा कमभन्दा कम खर्चमा चुनाव सम्पन्न हुनुपर्नेमा उनले जोड दिए । अर्थमन्त्री खनालले सरकारको ध्यान निर्वाचनमा केन्द्रित भएको र आयोग त्यसमा अहारात्र खटेकामा सबै पदाधिकारी र कर्मचारीको सराहना गरे ।
यद्यपि उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक स्रोतसाधन जुटाउने प्रतिबद्धता जनाए । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यथाशीघ्र निर्वाचन आचारसंहिता लागु हुने जानकारी दिँदै त्यससम्बन्धमा मन्त्रिपरिषद् र उच्च पदस्थ अधिकारीहरुलाई अवगत गराइने बताए ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार




































































