जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • धितोपत्र बोर्डद्वारा खुद सम्पति गणनासम्बन्धी व्यवस्था संशोधन, प्रिमियममा आईपिओ ल्याउनेलाई लागु नहुने

धितोपत्र बोर्डद्वारा खुद सम्पति गणनासम्बन्धी व्यवस्था संशोधन, प्रिमियममा आईपिओ ल्याउनेलाई लागु नहुने

नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४’ संशोधन गरेको छ ।  सेयरको दोस्रो बजारमा आउन चाहने कम्पनीहरुलाई अन्तराष्ट्रिय अभ्यास अनुकुल बनाउन धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका संशोधन गरिएको बोर्डले जनाएको छ।

गत चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४’को खुद सम्पतिसम्बन्धी व्यवस्था संशोधन गरेको बोर्ड अध्यक्ष रमेश हमालले जानकारी दिए ।

उनकाअनुसार सुचिकृत भएका तथा सुचिकृत हुन चाहेका कम्पनी, नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आइक्यान) लगायतका सरोकारवालाहरुबाट आएका सुझावअनुसार नै खुद सम्पतिसम्बन्धी व्यवस्था संशोधन गरिएको हो।

यस संशोधनले सेयरको दोस्रो बजारमा आउन चाहने कम्पनीलाई सहज हुने भएकाले खुद सम्पतिसम्बन्धी यस अगाडिको व्यवस्था संशोधन गरिएको हमालको भनाइ छ। उनकाअनुसार यस अघिको सम्पतिको पुनर्मूल्याङ्कनबाट सिर्जित (नेटवर्थ) मा गणना गर्न नपाइने व्यवस्थालाई गर्न पाइने बनाइएको हो। तर यो व्यवस्था प्रिमियममा आइपीओ ल्याउन चाहनेका लागि लागू नहुने उनले स्पष्ट पारे।

‘सर्वसाधारणको लागि साधारण सेयर (आइपीओ) ल्याउन चाहने कम्पनीहरुका लागि मात्रै सम्पतिको पुनर्मूल्याङ्कनबाट सिर्जित (नेटवर्थ) गणना गर्न पाइने व्यवस्था गरिएको हो, नेपाल फाइनान्सियल रिपोर्टिंङ स्ट्याण्डर्ड अनुसार नै यो व्यवस्था गरिएको हो र यो अन्तराष्ट्रिय अभ्यास पनि हो’, सेबोन अध्यक्ष हमालले भने।

सम्पतिको पुनर्मूल्याङ्कनबाट सिर्जित (नेटवर्थ) मा गणना गर्ने व्यवस्था अन्तर्राष्ट्रिय अभ्यास भएकाले सिदान्ततः यो राम्रो निर्णय भए पनि खुद सम्पति मुल्याङ्कनका लागि धितोपत्र बोर्डले नेपाल फाइनान्सियल रिपोर्टिंङ स्ट्याण्डर्ड भित्र रहेर एउटा ‘स्ट्याण्डर्ड’ बनाइदिनुपर्ने वित्त विश्लेषक हेमन्त बस्यालले बिजपाटीलाई बताए। ‘खुद सम्पति मूल्याङ्कन गर्दा सर्तसहितको विस्तृत मुल्याङ्कनको कार्यविधि पनि बनाइदिने हो भने त्यस मूल्याङ्कनमा सम्बन्धित संस्थाहरुलाई अनुशाशित बनाउँछ’, उनले भने।

1155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका