
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब आफूलाई जेलै हाले पनि कुनै चिन्ता नभएको बताएका छन् । जनकपुरमा चुनावी घोषणा सभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् । उनले अब देशले बालेन पाएको भन्दै अब आफूलाई अनेक मुद्दामाथि मुद्दा लगाएर जेलै हाले पनि चिन्ता नभएको बताएका छन् ।
‘कुनै दिन अपदस्थ भएर हेलिकप्टर चढेर भागेको सरकारले, बच्चालाई टाउको र छातीमा ताकेर गोली हानेको सरकारले ममाथि लगाएको मुद्दा मलाई कुनै पनि दिन जेल पुर्याउला मलाई अब चिन्ता छैन ।’, उनले भने, ‘किनकी देशले बालेन पाएको छ ।’
त्यस्तै, रविले अघिल्लो निर्वाचनमा आफूलाई चितवनका जनताले सबैभन्दा धेरै भोट दिएको स्मरण गर्दै अब पार्टीले सबैभन्दा धेरै भोट ल्याउने पनि दाबी गरेका छन् ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार


































































