जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एभरेष्ट बैंक एक अर्बको ऋणपत्र निष्कासन गर्दै

एभरेष्ट बैंक एक अर्बको ऋणपत्र निष्कासन गर्दै

एभरेष्ट बैंकले एक अर्ब रूपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ७ वर्ष अवधिको ‘एभरेष्ट बैंक डिबेन्चर २०८३’ जारी गर्ने भएको हो। ऋणपत्रको ब्याजदर १०.२५ प्रतिशत छ।

बैंकले सर्वसाधारणका लागि ४० करोड रूपैयाँको ऋणपत्र निष्कासन गर्नेछ भने बैंक आफैंले ६० करोड रूपैयाँको बिक्री गर्ने छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ। एभरेष्ट बैंकको यो तेस्रो ऋणपत्र हो।

८ प्रतिशत ब्याजदरका दुईवटा ऋणपत्र ‘एभरेष्ट बण्ड २०७८’ र ‘एभरेष्ट बण्ड २०७९’ छन्। २०७९ मा सकिने ऋणपत्रको आकार ४६ करोड ७८ लाख रूपैयाँ र २०७८ मा सकिते ऋणपत्रको आकार ६० करोड रूपैयाँको छ।

5805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका