जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बैंकहरु साना ऋणमा लक्षित हुनुपर्ने गभर्नरको सुझाव

बैंकहरु साना ऋणमा लक्षित हुनुपर्ने गभर्नरको सुझाव

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डूबीच एकीकृत कारोबार सुरु भएको छ। सोमबार राजधानीमा आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले दुई बैंकबीचको एकीकृत कारोबार सुरुवातको उद्घाटन गरे।

मर्जरको औपचारिक समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरसँगै ग्लोबल आईएमई बैंक अधिकांश वित्तीय सूचकमा नम्बर एक बैंक हुने बताए। उनले बैंक अंक र आकारमा मात्र नभई अर्थतन्त्र तथा वित्तीय क्षेत्रमै ठूलो परिवर्तन ल्याउने गरीको बैंक हुने दावी गरे।

बैंकले हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गभिसकेको छ।

मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब पुगेको छ भने चुक्ता पुँजी ३५.७७ अर्ब, कूल निक्षेप ४०० अर्ब र कूल कर्जा ३७९ अर्ब भन्दा बढी भएको छ। मर्जरपछि नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले देशको सबैभन्दा ठूलो बैंक बनेको छ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबलका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूका तर्फबाट २ जना रहनेछन्। त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा ग्लोबलका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहने सहमति छ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएको ग्लोबल आइएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित छन्।

दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुने भएको छ।

1005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका