जोडिनुहोस
सोमवार, माघ ६, २०८२
सोमवार, माघ ६, २०८२
  • होमपेज
  • कामना सेवा विकास बैंकले ६ महिनामा कमायो ३९ करोड नाफा

कामना सेवा विकास बैंकले ६ महिनामा कमायो ३९ करोड नाफा

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ३९ करोड ४५ लाख ५१ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा ३२ करोड २४ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा २२.३४ प्रतिशतले बढेको हो ।

बैंकको खुद ब्याज आम्दानीमा वृद्धि हुनुका साथै खर्च नियन्त्रण भएकाले नाफामा उल्लेख्य वृद्धि भएको हो । दोस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब २१ करोड १५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

खुद ब्याज आम्दानीसँगै अन्य आम्दानी पनि बढ्दा बैंकको कुल सञ्चालन आम्दानी बढेर १ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १ अर्ब २९ करोड १ लाख रुपैयाँ थियो ।

बैंकले कर्जा नोक्सानी व्यवस्थाका लागि २१८ करोड ७१ लाख रुपैयाँ छुट्याएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कर्जा नोक्सानी व्यवस्थाका लागि १९ करोड ६४ लाख रुपैयाँ छुट्याइएको थियो ।

आम्दानी बढेको र कर्जा नोक्सानी व्यवस्था केही घट्दा बैंकको सञ्चालन नाफा ४६ करोड ९१ लाख ६० हजार रुपैयाँबाट बढेर ५६ करोड ७२ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा बैंकको निक्षेप ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँबाट बढेर ६३ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै ग्राहकको कर्जा ५० अर्ब ७ करोड ७५ लाख रुपैयाँबाट बढेर ५२ अर्ब १० करोड ८२ लाख रुपैयाँ पुगेको हो ।

३९ करोड ४५ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले नियामकीय व्यवस्था अनुसार विभिन्न कोष छुट्याएपछि वितरणयोग्य नाफा २६ करोड २५ लाख रुपैयाँ छ ।
३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको सञ्चित नाफा २९ करोड ५७ लाख ६७ हजार रुपैयाँ छ । त्यस्तै जगेडा कोषमा १ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ छ ।

नाफा बढ्दा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ४३ पैसा पुगेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात २२.१७ गुणा पुग्दा प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ७ पैसा पुगेको छ । यस्तै बैंकको प्राथमिक पुँजीकोष अनुपात १०.०२ प्रतिशत, निष्क्रिय कर्जा ४.१० प्रतिशत र आधार दर ६.१७ प्रतिशत छ ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका