जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बैंक बीग मर्जरले कर्मचारीहरुमा चर्को मदभेदः नबिल बैंकका कर्मचारीहरुको हातमा लड्डु, एनबी बैंकका कर्मचारीलाई जबरजस्ती भिआरएस ?

बैंक बीग मर्जरले कर्मचारीहरुमा चर्को मदभेदः नबिल बैंकका कर्मचारीहरुको हातमा लड्डु, एनबी बैंकका कर्मचारीलाई जबरजस्ती भिआरएस ?

सुन्दा पनि डरलाग्ने हेर्दा त घिन लाग्ने बैंकहरुको बीग मर्जरले कर्मचारी मिलानमा समस्या ल्याएको छ भन्दा अब चाहि फरक पर्दैन । यति मात्रै होइन ठूलो माछाले सानो माछा खान्छ भन्ने कुराको पुष्टी नबिल बैंक र एनबी बैंक बीचका कर्मचारी मिलनबाटै प्रस्ट भएको छ भन्दा अब फरक पर्दैन, गर्भनर साब हेक्का होस् । नबिल बैंक लिमिटेडले एनबी बैंकसंग मर्जर तथा प्राप्ती गर्ने सहमती राष्ट्र बैंकसंग लिएसंगै नबिल बैंकका कर्मचारीका हातहातमा लड्डु छ भने एनबी बैंकका कर्मचारीहरुलाई जबरजस्ती भीआरएस भन्दा फरक पर्दैन यो कस्तो मर्जर हो गर्भनर साब । यी दुबै बैंकले साधारण सभाबाट मर्जर पास गर्न साधारण सभाको मितिले तयार गरेका छन् । तर, बैंकमा दिनरात खट्ने पूराना कर्मचारीहरुलाई केही दिएर घर पठाउन एनबी बैंक नेतृत्वले भीआरएसको घिनलाग्दो स्कीम लिएको खुलेको छ भन्दा अब फरक पर्दैन । एउटै प्रक्रियाबाट फरक÷फरक बैंकमा काम गरेका कर्मचारीलाई फरक फरकको स्कीम ल्याउन न्यायोचित पककै हुँदैन । यसले कर्मचारीहरुमा विद्रोह हुन्छ । यस्तै छ अहिले एनबी बैंकमा कर्मचारी यूनियनको विरोध भन्दा फरक पर्दैन । हेक्का होस् ।

उच्च तहको कर्मचारीलाई १५ महिनाको आधारभुत तलब र एलाउन्सेस, अफिसर र म्यानेजर तहलाई १८ महिनाको आधारभुत तलब र एलाउन्सेस, सहायक तहलाई २१ महिनाको आधारभुत तलब र एलाउन्सेस र सहयोगी तहलाई २४ महिनाको आधारभुत तलब र एलाउन्सेस दिईने भनिएको छ । यद्दपी तोकिएको अवधि भन्दा कसैको जागिरको अवधि कम छ भने बाँकी अवधिलाई १२५ प्रतिशतले गुणा गरेर त्यति अवधि बराबरको आधारभुत तलब र एलाउन्सेस दिईने प्रस्ताव पत्रमा उल्लेख छ ।

नबिल बैंकसँग मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेको नेपाल बंगलादेश बैंकका कर्मचारीलाई स्वेच्छिक अवकाश योजना (भीआरएस) को स्कीम दिइएको देखिन्छ । कर्मचारी समायोजन अगाडी नै इच्छाले काम छोड्न चाहेका कर्मचारीहरुका लागि यो योजना ल्याइएको भनिएको छ । तर, यो जबरजस्ती ल्याइएको देखिन्छ । एनबि बैंकको गत आइतबार बसेको बैंक संचालक समितिको बैठकले आफ्ना कर्मचारीहरुका लागि स्वेच्छिक अवकाश योजना (भीआरएस) ल्याएको हो । एनबि बैंकमा स्थायी भएर काम गरेको १५ बर्ष पुरा भएको वा यहि जेठ ३१, २०७९ सालसम्म ५० बर्ष उमेर नाघेकाहरुका लागि यो योजना ल्याइएको बैंकको दाबी छ । यो स्किम लिएर जागिर छाड्न चाहनेहरुले यहि जेठ १, २०७९ भित्र आबेदन बुझाउनुपर्ने प्रस्ताव पत्रमा उल्लेख देखिन्छ । यो योजना लिएर जानेहरुले पद अनुसार न्युनतम १५ महिना र बढीमा २४ महिनाको आधारभुत तलब र एलाउन्सेस पाउने भनिएको छ । तर, नबिल बैंकका कर्मचारीहरुलाई थप एक तह बढुवाको तयारी गरिएको खुलेको छ ।

बाँकी अवधि र भीआरएसको अवधि जुन कम छ त्यसको आधारभुत तलब र एलाउन्सेस भन्ने उल्लेख नै थिएन र सम्भवत यस्तो अभ्यास बैंकिंङ उद्योगमा अहिलेसम्म भएको देखिदैन । गर्भनर साब । (भीआरएस) रोजेको एक हप्ता भित्र नगद नै दिएर कर्मचारीलाई विदा गरिने भएको छ । यद्दपी एनबि बैंकबाट घर कर्जा लिएर पनि (भीआरएस) रोजेका कर्मचारीलाई नबिल बैंकको आधार दरको ब्याजमा नै उक्त ऋणले निरन्तरता पाउने बताईएको छ । यसले प्रस्ट हुन्छ । नबिल अरु बैंकका कर्मचारी भित्र्याउन चाहादैन भनेर गर्भनर साब ।

एनबि बैंकका कर्मचारीहरुलाई बिभिन्न चार तहमा विभाजन गरेर भीआरएस योजना ल्याइएको छ । उच्च तहको कर्मचारीलाई १५ महिनाको आधारभुत तलब र एलाउन्सेस, अफिसर र म्यानेजर तहलाई १८ महिनाको आधारभुत तलब र एलाउन्सेस, सहायक तहलाई २१ महिनाको आधारभुत तलब र एलाउन्सेस र सहयोगी तहलाई २४ महिनाको आधारभुत तलब र एलाउन्सेस दिईने भनिएको छ । यद्दपी तोकिएको अवधि भन्दा कसैको जागिरको अवधि कम छ भने बाँकी अवधिलाई १२५ प्रतिशतले गुणा गरेर त्यति अवधि बराबरको आधारभुत तलब र एलाउन्सेस दिईने प्रस्ताव पत्रमा उल्लेख छ । जस्तो सहायक तहमा कसैको जागिर अवधि ८ महिनाको छ भने उसलाई ८ महिनालाई १२५ प्रतिशतले गुणा गर्दा आउने अवधि अर्थात १० महिनाको आधारभुत तलब र एलाउन्सेस दिएर विदाई गरिने भएको छ । यसबाटै प्रस्ट हुन्छ नबिल बैंकले एनबी बैंकका दक्ष कर्मचारी लिदैन भनेर । गर्भनर साब हेक्का होस् ।

केहि समय अगाडी मात्रै नबिल बैंकले प्राप्ति गरेको युनाइटेड फाइनान्स कम्पनीका कर्मचारीलाई पनि ३० महिनाको आधारभुत तलब र एलाउन्सेस दिएर विदाई गरिएको थियो । त्यहाँ बाँकी अवधि र भीआरएसको अवधि जुन कम छ त्यसको आधारभुत तलब र एलाउन्सेस भन्ने उल्लेख नै थिएन र सम्भवत यस्तो अभ्यास बैंकिंङ उद्योगमा अहिलेसम्म भएको देखिदैन । गर्भनर साब । (भीआरएस) रोजेको एक हप्ता भित्र नगद नै दिएर कर्मचारीलाई विदा गरिने भएको छ । यद्दपी एनबि बैंकबाट घर कर्जा लिएर पनि (भीआरएस) रोजेका कर्मचारीलाई नबिल बैंकको आधार दरको ब्याजमा नै उक्त ऋणले निरन्तरता पाउने बताईएको छ । यसले प्रस्ट हुन्छ । नबिल अरु बैंकका कर्मचारी भित्र्याउन चाहादैन भनेर गर्भनर साब ।

तर (भीआरएस) रोजेका कर्मचारीहरुलाई उनीहरुले पाउने बोनस, सिनियर अफिस माथिका कर्मचारीले सुविधाको रुपमा प्रयोग गरिरहेको गाडी र कर्जा लिएर किनेको गाडीबारे के हुन्छ भन्ने कहिँ कतै खुलाईएको छैन । यसले अर्को शंका उत्पन्न भएको छ । भीआरएसमा गाडी पाउनु पर्दछ । भीआरएस योजनाको अफर देखेर आफुहरु धर्मसंकटमा परेको एनबि बैंकका कर्मचारीहरुको दाबी छ । भीआरएस लिएर जाँदा राम्रो पैसा हात नलाग्ने, नलिंदा भोलि नबिल बैकंबाट एक तह घटुवा हुने भएकाले आफुहरु धर्म संकटमा परेको उनीहरुको दाबी गरे । राजतिलक साप्ताहिकबाट साभार गरिएको

16260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका