
पछिल्लो समय घरजग्गाको कारोबार सुस्ताएको बेला पुसमा कारोबार बढेको छ । मालपोत कार्यलयका अनुसार पुस महिनामा घरजग्गाको कारोबारमा बृद्धि भएको छ । देशभरका मालपोत कार्यालयबाट सरकारले १ लाख ६२ हजार ८७७ वटा घरजग्गा सम्बन्धी सेवा प्रवाह गरेको छ । जुन अघिल्लो महिना मंसिरमा यो संख्या १ लाख ५८ हजार ८ सय ९९ रहेको थियो ।
मालपोत कार्यालयमा यो महिना चहलपहल पनि बढेको पाइएको छ । घरजग्गा कारोबारबाट पुस महिनामा सरकारले ५ अर्ब १७ करोड रुपैयाँ भन्दा बढी राजस्व उठाएको छ । मंसिरमा सरकारले यस्तो रकम ४ अर्ब ८४ करोड रुपैयाँ उठाएको थियो ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार

































































