जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मेगा बैंकले एसबी सल्युसनसँगको सहकार्यमा सुरु गर्यो ऋण अटोमेसन प्रणाली

मेगा बैंकले एसबी सल्युसनसँगको सहकार्यमा सुरु गर्यो ऋण अटोमेसन प्रणाली

मेगा बैंकले क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ।

यसबाट अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज हुने छ। बैंकले एसबी सोलुसनसँग मिलेर यो गरेको हो।

बैकका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सल्युसनका अध्यक्ष विपुल ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

यसले प्रणालीभित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ। यो नयाँ तरिकले बैंकलाई द्रुतगतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ।

प्रणालीले जमानत र गैर जमानतमा आधारित ऋण पनि प्रोसेस गर्ने विज्ञप्तिमा उल्लेख छ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत  रहेको रेटिङको दृष्टिकोणमा निर्माण गरिएको छ। यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याङ्कनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ। यसबाट समयको बचत ५० प्रतिशत हुने छ।

10155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका