जोडिनुहोस
बिहिबार, माघ ९, २०८२
बिहिबार, माघ ९, २०८२
  • होमपेज
  • बालेन र ओलीले चुनावमा ३१ लाख खर्च गर्न पाउने

बालेन र ओलीले चुनावमा ३१ लाख खर्च गर्न पाउने

झापा-५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चुनावमा ३१ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् । फागुन २१ गते हुने निर्वाचनमा हुने खर्चका लागि निर्वाचन अयोगले उक्त सिमा तोकेको हो ।

बालेनसँगै पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि समान ३१ लाख रुपैयाँसम्म नै खर्च गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले निर्वाचन खर्च भन्दै झापा-५ का उम्मेदवारका लागि खर्चको सीमा ३१ लाख रुपैयाँ तोके पनि झापा-५ मा करोडौँ रुपैयाँ निर्वाचनमा खर्च हुने अनुमान गरिएको छ । निर्वाचनमा भएको खर्चको सीमाभित्र रहेर उम्मेदवारले खर्च विवरण बुझाउनुपर्नेछ ।

यता नेपाली कम्युष्टि पार्टी (नेकमा)बाट रुकुम पूर्वमा उम्मेदवारी दिएका पुष्पकमल दाहाल (प्रचण्ड)का लागि निर्वाचन खर्चको सीमा २७ लाख रुपैयाँ तोकिएको छ ।

त्यस्तै, गोरखा-२ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनावका लागि २९ लाख रुपैयाँ, रोतहट-१ बाट उम्मेदवारी दिएका माधव कुमार नेपालले २९ लाख रुपैयाँ र सर्लाही-४ बाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका सभापति गगन थापाले पनि २९ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?