जोडिनुहोस
बुधबार, फाल्गुन ६, २०८२
बुधबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • सुन ३ लाख ३ हजार ८ सय रुपैयाँ ?

सुन ३ लाख ३ हजार ८ सय रुपैयाँ  ?

सुनचाँदीको मूल्यमा बढोत्तरीको क्रम थामिएको छैन। साताको पहिलो दिन सुनको कारोबार मूल्य तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ भने चाँदी ६ हजार ४ सय ८० रुपैयाँ भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारका तुलनामा आइतबार सुन तोलामा २ हजार ४ सय रुपैयाँ बढेको हो भने चाँदी २ सय ९० रुपैयाँ महँगिएको हो। गत शुक्रबार सुन प्रति तोला ३ लाख १ हजार ४ सय रुपैयाँ भएको थियो। बिहीबारका तुलनामा शुक्रबार एकैदिन ९ हजार २ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो। गत साता मात्रै सुन तोलामा २३ हजार ६ सय रुपैयाँ बढेको छ।

चाँदी चालु महिना तोलामा ९ सय ९५ रुपैयाँ महँगिएको छ। आइतबार कायम मूल्य तोलाको ६ हजार ४ सय ८० रुपैयाँ हालसम्मकै सर्वाधिक हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस ४९८८.५६ डलर पुगेको छ। यो एक दिनमा ७८.९७ डलरको बढोत्तरीपछि कायम मूल्य हो। सुन एक महिनामा प्रति औंस ४३०.०६ डलरले महँगिएको छ।

प्राविधिक चार्टहरूमा सुनको मूल्यले अहिले ‘पाराबोलिक’ वृद्धि देखाइरहेको छ। प्रतिऔंस ४,९८८.९६ डलरको विन्दुमा पुग्नुले सुन अब ५,००० डलरको मनोवैज्ञानिक तथा प्राविधिक अवरोधको अत्यन्तै नजिक रहेको स्पष्ट पार्छ। यद्यपि, बजार अहिले ‘ओभरबट’ अवस्थामा रहेकाले लगानीकर्ताहरूले मूल्यमा आउन सक्ने सामान्य गिरावट (करेक्सन) प्रति सजग रहनु जरुरी देखिन्छ।

यस्तै चाँदी पनि बढेर प्रति औंस १०३.३ डलर पुगेको छ। यो एक दिनमा ७.१७ र एक महिनामा २४.२२ डलरको बढोत्तरी हो।

सुनचाँदीको मूल्यमा भू-राजनीतिक तनावको असर परेको छ। भेनेजुएला, इरान र चीन-जापान बीचको बढ्दो तनावले सुरक्षित लगानीका रूपमा सुनको माग बढाएको छ। विश्वका प्रमुख केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने संकेत देखाउनु र डलरको अस्थिरताले मूल्य बढाउन मद्दत गरेको छ। उता नवीकरणीय ऊर्जा र प्रविधिमा चाँदीको बढ्दो प्रयोगले औद्योगिक माग वृद्धि भएको जसले गर्दा बजार मूल्यमा लगातार उच्च भइरहेको छ।

235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका