जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • लुम्बिनी विकास बैंक र एम. ए. डब्लु. अटो कोर्प तथा एम. ए. डब्लु. कमर्सियल भेहिकल्सबीच सम्झौता

लुम्बिनी विकास बैंक र एम. ए. डब्लु. अटो कोर्प तथा एम. ए. डब्लु. कमर्सियल भेहिकल्सबीच सम्झौता

लुम्बिनी विकास बैंक लि. र एम. ए. डब्लु. अटो कोर्प प्रा. लि. तथा एम. ए. डब्लु. कमर्सियल भेहिकल्स प्रा. लि. बिच फोटन र चङ्गन ब्राण्डका ब्यक्तिगत तथा व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्ने ग्राहकहरुलाई लगानी गर्ने सम्झौता गरेको छ ।

सो सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल र एम. ए. डब्लु. अटो कोर्प तथा एम. ए. डब्लु. कमर्सियल भेहिकल्स प्रा. लि. को तर्फबाट प्रबन्ध निर्देशक विबेक सिकारीयाले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो । सो सम्झौतापत्रमा उल्लेख भएअनुसार उक्त सुबिधा ग्राहकहरुले बैंकको सबै शाखाहरुबाट लिन सक्नेछन ।

लुम्बिनी विकास बैंक लिमिटेडले हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु मार्फत सेवा दिदै आएकोे छ । साथै सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुले सो सेवा बिक्रेताको देश भरी रहेको १३ वटा शोरुम मार्फत खरिद गर्न सक्नेछन ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

2130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका