जोडिनुहोस
बुधबार, माघ १५, २०८२
बुधबार, माघ १५, २०८२
  • होमपेज
  • सेकेण्ड क्वाटर रिपोर्टः प्रभु बैंकको नाफा १ अर्ब १ करोड

सेकेण्ड क्वाटर रिपोर्टः प्रभु बैंकको नाफा १ अर्ब १ करोड

प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार पुष मसान्तसम्म बैंकले कुल १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.३८ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ४.५९ प्रतिशतले बढेको छ ।

बैंकले प्रकाशिन गरेको वित्तीय विवरण अनुसार बैंकको कुल सञ्चालन आम्दानी ०.४३ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २२.०५ प्रतिशतले घटेको छ । पुष मसान्तसम्म बैंकको खराब कर्जा ७.९४ प्रतिशत पुगेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋणात्मक छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीपएस) ८ रुपैयाँ ६२ पैसा छ । बैंकको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ १७ पैसा छ भने मूल्य आम्दानी अनुपात २१.२७ गुणा रहेको छ ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?