जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • गभर्नर महाप्रसाद अधिकारीलाई हटाउनेबारे सत्ता गठबन्धनमा शुक्रबार के भयो कुराकानी?

गभर्नर महाप्रसाद अधिकारीलाई हटाउनेबारे सत्ता गठबन्धनमा शुक्रबार के भयो कुराकानी?

नेकपा एमालेको आर्थिक विभागका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै उनको राजीनामाको माग सडकदेखि सदनसम्म उठ्न थालेको छ। यसै विषयमा राजनीतिक दलका नेताहरुले समेत एमालेमा उनको संलग्नताबारे छानबिन हुनुपर्ने माग गरेका छन्। तर एमालेले भने गभर्नर अधिकारी एमालेको आर्थिक विभागको सदस्य नरहेको स्पष्टीकरण दिएको छ।

यही प्रसंगमा सत्ता गठबन्धनको शीर्ष नेताहरुको आज बालुवाटारमा बसेको बैठकमा चर्चा चलेको बताइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेताहरुले गभर्नरको राजीनामा माग गरेको बताइएको छ। यद्यपि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने आजको बैठकमा यस विषयमा कुनै कुराकानी नभएको जिकिर गरे।

प्रधानमन्त्रीले गभर्नरको राजीनामा माग्नुभएको हो? भन्ने प्रश्ननको जवाफमा उपसभापति खड्काले सत्ता गठबन्धनको शीर्ष नेताको बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग विधेयकबारे मात्र छलफल भएको दाबी गरे।

‘कहाँबाट गभर्नरको कुरा हुन्छ? आज टिआरसी विधेयक ऐन संशोधन बारेमा कुरा भएको हो। यो अगाडि बढ्छ। यति हो,’ खड्काले भने।

2765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका