जोडिनुहोस
बिहिबार, फाल्गुन ७, २०८२
बिहिबार, फाल्गुन ७, २०८२
  • होमपेज
  • हिमालयन बैंकको खराब कर्जा पुग्यो ८ प्रतिशतः सञ्चालक र सिइओको मनमुटावले लगानीकर्ताको विचल्ली !

हिमालयन बैंकको खराब कर्जा पुग्यो ८ प्रतिशतः सञ्चालक र सिइओको मनमुटावले लगानीकर्ताको विचल्ली !

हिमालयन बैंकको खराब कर्जा डरलाग्दो मात्रै छैन सिइओ र सञ्चालक बीचको मुनमुटावकै कारण शेयरधनी र लगानीकर्ताहरुको विचल्ली हुने देखिन्छ भन्दा अब फरक पर्दैन । २० वाणिज्य बैंकहरुमा सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको ०.६८ प्रतिशत छ भने सबैभन्दा बढि खराब कर्जा हिमालयन बैंकको ७.९६ प्रतिशत छ । यो इतिहासमै बढि खराब कर्जा यो बैंकको हो भन्दा अन्यथा नहोला ।

वाणिज्य बैंकको खराब कर्जा औसतमा ५.०८ प्रतिशत पुगेको छ । हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो । भन्दा अब फरक पर्दैन । गत आर्थिक वर्षको सोहि अवधिमा बैकको औसत खराब कर्जा ४.४९ प्रतिशत रहेको थियो । यसअवधिमा ८ बैंकले खराब कर्जा घटाउन सफल भएका छन् । पछिल्लो समय बैंकिङ क्षेत्रका कर्मचारी कर्जा उठाउन जादा आक्रामण हुने घटनाहरु बढ्दै गएका छन् । विभिन्न बाधाहरुका बीच पनि उक्त बैंकहरुले खराब कर्जा घटाएको देखिन्छ ।

६ महिनाको तथ्याङ्कललाई हेर्ने हो भने एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा कम रहेको छ । बैंकको खराब कर्जा ०.६८ प्रतिशत रहेको हो । तर, गत आर्थिक वर्षको तुलनामा भने ०.०२ प्रतिशतले बढी हो । भन्दा फरक पर्दैन । त्यस्तै, स्टार्न्डड चार्टड बैंकको खराब कर्जा ०.१७ प्रतिशतले बढेर १.८८ प्रतिशत, नेपाल एसबिआई बैंकको ०.९१ प्रतिशतले घटेर २.६४ प्रतिशतले, सिद्धार्थ बैंकले १.०५ प्रतिशतले घटाएर ३.४५ प्रतिशत, सानिमा बैंकले ०.४१ प्रतिशले बढेर ३.६३ प्रतिशत, नेपाल बैंकले ०.६८ प्रतिशतले घटेर ४.२५ प्रतिशत र माछापुच्छ्रे बैंकले ०.२९ प्रतिशतले घटेर ४.२५ प्रतिशत रहेको हो ।

समिक्षा अवधिमा क्रमशः राष्ट्रिय वाणिज्य बैंकको ४.३६ प्रतिशत, एनएमबि बैंकको ४.५६ प्रतिशत, कृषि विकास बैंकको ४.६५ प्रतिशत र ग्लोबल आइएमई बैंकको ४.९१ प्रतिशत रहेको छ । अन्य ९ बैंकको खराब कर्जा भने ५ प्रतिशतभन्दा बढी रहेको छ । नेपाल बैंकको ५.३४ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.५० प्रतिशत, प्राइम बैंकको ६.३८ प्रतिशत, सिटिजन बैंकको ६.८६ प्रतिशत, कुमारी बैंकको ६.९२ प्रतिशत, एनआईसी एशिया बैंकको ७.४७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.९० प्रतिशत, प्रभु बैंकको ७.९४ प्रतिशत र हिमालयन बैंकको ७.९६ प्रतिशत रहेको हो । सचेत भया ।

225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका