जोडिनुहोस
सोमवार, फाल्गुन ११, २०८२
सोमवार, फाल्गुन ११, २०८२
  • होमपेज
  • एनआईसी एशिया बैंकले ल्यायो ‘गोल्ड लोन’ योजना, गरगहना धितो राखेर कर्जा

एनआईसी एशिया बैंकले ल्यायो ‘गोल्ड लोन’ योजना, गरगहना धितो राखेर कर्जा

एनआईसी एशिया बैंकले १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा भएको गोल्ड लोन योजना सार्वजनिक गरेको छ। यो सुन तथा सुनका गरगहना धितो राखेर लिन सकिने कर्जा योजना हो। बैंकका अनुसार यस योजनाअन्तर्गत ग्राहकले ५० लाख रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्नेछन्।

समयको आवश्यकता र मागहरूलाई सम्बोधन गर्दै ग्राहकमाझ प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ।

औसत आधार दरमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा सहितको प्रतिस्पर्धी ब्याजदरमा सुनको बार तथा सुनका गरगहना धितो राखेर बजार मूल्यको अधिकतम ७० देखि ८० प्रतिशतसम्मको कर्जा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ।

यस कर्जा योजनाअन्तर्गत गरगहना खरिद गर्नका लागि पनि कर्जा प्राप्त गर्न सकिने सुविधा बैंकले उपलब्ध गराएको छ। ग्राहकले यस योजना अन्तर्गतको कर्जा तोकिएका विभिन्न शाखाहरूबाट प्राप्त गर्न सक्ने बैंकले बताएको छ।

बैंकले सहज रुपमा कर्जा प्रदान गर्ने र कर्जासम्बन्धी सल्लाह, सुझाव तथा गुनासो एवं जिज्ञासाको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्न ‘कर्जा सहायता केन्द्र’को स्थापना गरिएको समेत जनाएको छ।

200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?