जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ग्लोबल मनि विकमा कुमारी बैंक चन्द्रौटाको वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनि विकमा कुमारी बैंक चन्द्रौटाको वित्तीय साक्षरता कार्यक्रम

कुमारी बैंक चन्द्रौटा शाखाले विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक)२०२३ को अवसर पारेर कपिलवस्तुको शिवराज न.पा ५ मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

समयथान बहुमुखी क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा कक्षा १२ देखि स्नातक(विविएस)सम्मका १ सय ५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बैंकका शाखा प्रबन्धक विकाश खनाल र कर्जा अधिकृत कृष्ण बाबु घिमिरेले कार्यक्रममा बोल्दै वित्तीय साक्षरताको महत्व, फाईदा, बचत,  भविष्यको आर्थिक भैँपरीबाट बच्न सकिने विषय, फजुल खर्छ नियन्त्रण र लघु उद्यममा विषयमा सूक्ष्म रुपमा जानकारी गराएका थिए ।

kumari-chtruat.jpg

आजको बचतबाट नै आफ्नो सपना भोलिका दिनमा पूरा गर्न सकिने भन्दै आजैबाट बचत गर्न समेत प्रेरित गरिएको थियो । त्यसैगरी डिजिटल बैंकिङका बारेमा पनि कार्यक्रममा प्रष्ट पारिएको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले जानी नजानी अनावश्यक शिर्षकमा फजुल खर्च गरेको र अब उप्रान्त खर्च गर्दा सोच विचार गरेर मात्र खर्च गर्ने भन्दै कार्यक्रमले बचत गर्न सिकाएको प्रतिक्रिया दिएका थिए

4005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?