जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • आइसीएफसी फाइनान्सलाई ५० करोडको ऋणपत्र बिक्री गर्न सेबोनको अनुमति

आइसीएफसी फाइनान्सलाई ५० करोडको ऋणपत्र बिक्री गर्न सेबोनको अनुमति

आइसीएसी फाइनान्सले ऋणपत्र निष्कासन गर्न अनुमति पाएको भएको छ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले ऋणपत्र निष्कासन गर्न आइसीएसी फाइनान्सलाई बुधबार अनुमति दिएको हो।

आइसीएसी फाइनान्सले १००० रुपैयाँका दरले ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ। ‘८ % आइसीएफसी. फाइनान्स लिमिटेड डिबेन्चर २०८९’ को प्रतिफल ८ प्रतिशत छ। २ लाख कित्ता सार्वजनिक निष्कासन गरिने र ३ लाख व्यक्तिगत तवरबाट वितरण गरिने कम्पनीले जनाएको छ।

आइसीएफसीको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल छ। फाइनान्सले ऋणपत्र निष्कासनको अनुमतिका लागि गत कात्तिक २५ गते आवेदन दिएको थियो।

165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका