जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपाललाई ट्रान्जिट बनाई सुन तस्कर गर्ने अनेकल सहित ५ जना विरुद्ध २ अर्ब ४३ करोडको मुद्दा

नेपाललाई ट्रान्जिट बनाई सुन तस्कर गर्ने अनेकल सहित ५ जना विरुद्ध २ अर्ब ४३ करोडको मुद्दा

भन्सारको प्रविधिलाई नै झुक्याएर सुन तस्करी गर्ने अब्दुल मजिद अनेकल विरुद्ध मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले  दुई अर्ब माग दाबी सहित मुद्दा दायर गरिएको हो।

गतवर्ष फागुन महिनामा जिल्ला प्रहरी कार्यालय हेटौडाको प्रहरी टोलीले चेकजाँचको क्रममा हेटौडाको रातोमाटे चेकपोष्टमा विना विल विजक लुकाई छिपाई बसमा लैजादै गरेको ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन बरामद गरिएको थियो।

राजस्व अनुसन्धान कार्यालय पथलैयाले गरेको अनुसन्धानमा प्राप्त सबै सबुद प्रमाणबाट प्रतिवादी भारत कर्नाटक राज्यका अब्दुल मजिद अनेकल लामो समयदेखी सुन तस्करमा संग्लन रहेको खुल्न आएको छ। यी व्यक्तिले भन्सार पानी तान्ने मोटर सहित विभिन्न यन्त्रमा सुन जडान गरी भन्सार प्रविधिलाई नै झुक्याउने गरेका थिए। उनले दुवईबाट पानी तान्ने मोटर आयात गर्दा सुन लुकाएर ल्याउने गरेका थिए।

यस्तै रोशन पटेल भनिने लुकमानुल हाकिम र यश इम्पोर्ट एण्ड एक्सपोर्ट कन्सर्नका सञ्चालक राजेश गुरुङ्गले पटक पटक सुन चोरी पैठारी गरी राजस्व छली गर्ने गरेका थिए।  पाँच जना विरुद्ध विभागले २ अर्ब ४३ करोड ८६ लाख ८० हजार बिगो माग गरेको छ। यस्तै राजेशको हकमा ४ करोड ३० लाख र भैरब स्टोर्स प्रोप्राइटर सञ्जिव श्रेष्ठलाई ४ करोड ५६ लाख बिगो माग गरिएको छ।

यस्तै शंकर घिमिरेको हकमा ४ करोड २९ लाख बिगो जरिवाना र कैद सजाय हुन माग दाबी लिएर वैशाख १२ गते उच्च अदालत हेटौडामा मुद्दा दर्ता गरेको हो।

7625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?