जोडिनुहोस
बिहिबार, फाल्गुन २१, २०८२
बिहिबार, फाल्गुन २१, २०८२
  • होमपेज
  • बीमा प्राधिकरणद्वारा २२ कम्पनीहरुको वित्तीय विवरण स्वीकृत

बीमा प्राधिकरणद्वारा २२ कम्पनीहरुको वित्तीय विवरण स्वीकृत

नेपाल बीमा प्राधिकरणले २२ वटा बीमा कम्पनीहरूको गत आर्थिक आर्थिक वर्ष २०८१–८२ को वित्तीय विवरण स्वीकृत गरेको छ । बीमा प्राधिकरणले प्रकाशित गरेको बीमा प्रतिबिम्ब अनुसार पुस मसान्तसम्मको समयावधिमा १२ जीवन बीमा कम्पनी, ७ वटा निर्जीवन बीमा कम्पनी र ३ वटा लघु बीमा कम्पनीहरूको वित्तीय विवरण स्वीकृत गरेको हो ।

बीमा ऐन, २०७९ मा बीमकले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात र नाफा नोक्सानको विवरण तयार गरी अर्को आर्थिक वर्षको ६ महिनाभित्र तोकिएको ढाँचामा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम बीमकहरूबाट प्राप्त वित्तीय विवरण प्राधिकरणले स्वीकृत गरेको प्राधिकरणले जनाएको छ ।

वित्तीय विवरण स्वीकृत हुने जीवन बीमा कम्पनीहरूमा सिटिजन्स लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् । त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन, मेट लाइफ र हिमालयन लाइफको वित्तीय विवरण प्राधिकरणद्वारा स्वीकृत भएको छ ।

वित्तीय विवण स्वीकृत भएका निर्जीवन बीमा कम्पनीहरुमा आईजिआई प्रुडुन्सियल, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी रहेको छ । त्यस्तै, गार्डियन माइक्रो लाइफ, प्रोटेक्टिभ माइक्रो र लिवर्टी माइक्रोको वित्तीय विवरण स्वीकृत भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणबाट इजाजतपत्र लिएका जीवन बीमा कम्पनी १४ वटा, निर्जीवन बीमा कम्पनी १४ वटा, लघु बीमा कम्पनी ७ वटा र पुनर्बीमा कम्पनी २ वटा गरी जम्मा ३७ वटा बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार समयसीमाभित्र वित्तीय विवरण पेश नगर्ने बीमा कम्पनीहरुले जरिवाना तिर्नुपर्ने छ । विवरण अनुसार दुई वटा पुनर्बीमा कम्पनी, दुई वटा जीवन बीमा कम्पनी, सात वटा निर्जीवन बीमा कम्पनी र चार वटा लघु बीमा कम्पनीहरुले समयमै वित्तीय विवरण पेश गर्न असमर्थ रहेका छन् ।

185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका