जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विकास बैंकका शाखा १० देखि २ बजेसम्म सञ्चालन हुने,

विकास बैंकका शाखा १० देखि २ बजेसम्म सञ्चालन हुने,

भीडभाड भइरहँदा कोरोना संक्रमणको जोखिम नहट्ने भन्दै नेपाल राष्ट्र बैंकको जेठ १० गतेको निर्देशन अनुसार विकास बैंकहरुले काठमाडौं उपत्यका भित्र आफ्ना कार्यालयहरुको खुल्ने दिन र समय निर्धारण गरेका छन्।

‘ख’ वर्गका विकास बैंकहरुले दिने सेवा बारे डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपालले आइतबार विज्ञप्ति जारी गरेको हो। विकास बैंकहरुले काठमाडौं जिल्लामा दुईवटा, ललितपुर र भक्तपुरमा १/१ वटा शाखा खोल्ने तयारी भएको एसोसिएसन अध्यक्ष प्रद्युमन पोखरेलले बताए।

एसोसिएसनमा आबद्ध राष्ट्रियस्तरका आठ वटा विकास बैंकहरुले जेठ १६ (आइतबार)देखि २१ गते शुक्रबारसम्मका लागि उपत्यकाभित्र विभिन्न बैंक र तिनका शाखा कार्यालयको खुला रहने दिन र समय निर्धारण गरिएको हो।

कोभिड-१९ को संक्रमण जोखिम न्यूनीकरण गर्दै उच्च सतर्कताका साथ बैंकिङ सेवा दिने सम्बन्धमा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले गत साता ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई समय निर्धारण गर्न निर्देशन दिएको थियो। निर्देशनमा ‘ख’ वर्गका विकास बैंकहरुको हकमा दिनमा काठमाडौं जिल्लामा २, ललितपुर र भक्तपुर एउटा/एउटा मात्रै शाखा खुला राख्न सकिने भनिएको थियो।

उपत्यका भित्रका विकास बैंकहरुका शाखाहरु बिहान १० देखि २ बजेसम्म खुला रहने छन्। उपत्यका बाहिर भने स्थानीय प्रशासनको निर्देशनअनुसार सञ्चालन गरिने एसोसिएसनले जनाएको छ।

कुन बैंकका कहाँका शाखा खुल्नेछन् :

3875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?