निर्जीवन बीमा
हिमालयन एभरेष्ट इन्स्योरेन्सको कुमारीपाटीस्थित आफ्नै अत्याधुनिक भवनबाट सेवा सुरु

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवा विस्तार तथा भौतिक पूर्वाधार सुदृढीकरणको रणनीति अनुरूप ललितपुर महानगरपालिका वडा नं १९ कुमारिपाटीमा कम्पनीको आफ्नै आधुनिक सुविधासम्पन्न भवन निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।
लगनखेल शाखा कार्यालयलाई माघ २८ गते देखि कुमारिपाटीस्थित नयाँ भवनमा स्थानान्तरण गरिएको जानकारी गराउँदै कम्पनीको अब साबिक लगनखेल शाखाबाट प्रदान गरिँदै आएका सम्पूर्ण बीमा सेवाहरू नयाँ स्थानबाट निरन्तर रूपमा उपलब्ध हुने जानकारी गराएको छ ।
कम्पनीको आफ्नै भवनबाट सेवा सञ्चालन प्रारम्भ भएसँगै ग्राहक सेवा थप व्यवस्थित, सहज, तथा प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।
यस क्रममा सम्बन्धित सरोकारवालाहरुबाट प्राप्त निरन्तर विश्वास, साथ र सहयोगप्रति कम्पनीले हार्दिक आभार प्रकट गर्दै सदैव “ग्राहक–केन्द्रित सेवा” लाई प्राथमिकतामा राख्न दृढ संकल्पित रहेको जनाएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार


































































