जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • आर्थिक वर्ष सकिएको १० महिना भित्रमा साधारणसभा गर्न कम्पनीहरुलाई समितिको निर्देशन

आर्थिक वर्ष सकिएको १० महिना भित्रमा साधारणसभा गर्न कम्पनीहरुलाई समितिको निर्देशन

बीमा समितिले सम्पुर्ण जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई आर्थिक वर्ष समाप्त भएको १० महिना भित्रमा लेखापरिक्षण प्रतिवदेन पेश गरी वार्षिक साधारणसभा सम्पन्न गर्न निर्देशन दिएको छ । सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई यसका लागि मार्गचित्र ‘रोडम्याप’ तयार पारी सञ्चालक समितिबाट स्वीकृत गराइ समितिमा पेश गर्न निर्देशन दिएको छ ।

यदि कम्पनीहरुले रोडम्याप तयार नगरी समयमा लेखापरिक्षण नगराएमा वित्तीय विवरण स्वीकृतिमा कडाइ गर्ने जनाएको छ । निर्देशन पत्रमा भनिएको छ ‘अन्यथा वित्तीय विवरण स्वीकृत गर्न कठिनाई हुने छ ।’

कुनै पनि जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को समेत लेखापरिक्षण तयारी पारी साधारणसभा गर्न सकेका छैनन् । अझ दुई कम्पनीले आर्थिक वर्ष २०७५/७६ कै साधारणसभा गर्न सकेका छैनन् ।

जीवन बीमा कम्पनीहरुले एक्चुरीको समस्या देखाउदै साधारणसभामा ढिलाइ गर्दै आएका छन् । कोभिड १९ भन्दा अगाडि प्रायः जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष सकिएको ९/१० महिनामा साधारणसभा गर्दै आएकोमा गत वर्षदेखि एक वर्ष वितिसक्दा पनि साधारणसभा गर्ने सुरसार छैन ।

कम्पनीहरुले लेखापरिक्षण तथा साधारणसभामा ढिलाइ गर्न थाले पछि समितिले यस्तो निर्देशन दिएको हो । अव कम्पनीहरुले गत आर्थिक वर्षकै लेखापरिक्षण तथा साधारणसभा सम्पन्न गर्ने मार्गचित्र तयार गरेर समितिमा पेश गर्नु पर्नेछ । उक्त मार्गचित्र संचालक समितिबाट स्वीकृत गराउनु पर्ने भएकाले कम्पनीको उच्च व्यवस्थापन र संचालक समितिनै यस विषयमा जवाफदेही हुने समितिको तर्क छ ।

2750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका