जोडिनुहोस
बुधबार, फाल्गुन ६, २०८२
बुधबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • पाँचवटा होटल नोक्सानीमा जाँदा सोल्टीले बढायो नाफा

पाँचवटा होटल नोक्सानीमा जाँदा सोल्टीले बढायो नाफा

अधिकांश होटलको व्यवसायमा धक्का लागेको छ। चालु आर्थिक वर्ष साउनदेखि पुससम्म पोहोर सोही अवधिको तुलनामा धेरै होटलको व्यापारसँगै नाफा घटेको छ। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत होटल तथा पर्यटन क्षेत्रका ७ वटा कम्पनीमध्ये सोल्टी, कालिञ्चोक दर्शन र बन्दीपुर केबलकार बाहेकका सूचीकृत कम्पनीको आम्दानी घटेको हो।

चालु आर्थिक वर्ष ६ महिनामा तारागाउँ रिजेन्सी, ओरियन्टल होटल, चन्द्रागिरी हिल्स, सिटी होटल र बन्दीपुर केबलकार नोक्सानीमा गएका छन्। पोहोर ६ महिनामा १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको तारागाउँ रिजेन्सी यसपटक ९ करोड रुपैयाँ नोक्सानीमा छ।

गत आर्थिक वर्ष ६ महिनामा ६९ करोड ४८ लाख रुपैयाँको व्यापार गरेको तारागाउँको सञ्चालन आम्दानी यस वर्ष सोही अवधिमा ७५.२६ प्रतिशत घटेर १७ करोड १९ लाख रुपैयाँमा झरेको छ। तारागाउँ रिजेन्सी गत भदौ २४ गते जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीपछि बन्द छ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका