जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ग्लोबल आइएमई र बिओकेबीच मंसिरभित्र एकीकृत कारोबार हुन्छ : सीईओ बज्राचार्य

ग्लोबल आइएमई र बिओकेबीच मंसिरभित्र एकीकृत कारोबार हुन्छ : सीईओ बज्राचार्य

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले आगामी मंसिरभित्र ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बिओके) बीच एकीकृत कारोबार हुने बताएका छन् ।

बिहीबार स्मार्ट च्वाइस टेक्नोलोजी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकको सहकार्यमा काठमाडौंमा आयोजित सहकारीका लागि कोप कार्ड शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।

‘मंसिरसम्म बैंक अफ काठमाण्डूसँग एकीकृत कारोबार हुन्छ,’ उनले भने ।

गत असार २ गते मात्रै दुई बैंकबीच एक आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । सम्झौता अनुसार दुई बैंक बराबरी हैसियतमा मर्जरमा गएका हुन् ।

साथै, उनले अन्य सूचकमा जस्तै डिजिटल बैंकिङमा पनि ग्लोबल आइएमई बैंक अगाडि रहेको दावी गरे ।

‘ग्लोबल आइएमई बैंक नेपालको इतिहासमै सबैभन्दा ठूलो बैंक हो, डिजिटल बैंकिङमा पनि ग्लोबल बैंक अगाडि नै छ, दैनिक एक लाखभन्दा बढी ट्राजेक्सन कार्डबाट हुन्छ,’ उनले भने ।

साथै, उनले ग्लोबल बैंक सहकारी क्षेत्रमा पनि सहयोग गर्न तयार रहेको बताए  ।

2530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका