जोडिनुहोस
शनिबार, जेष्ठ २३, २०८३
शनिबार, जेष्ठ २३, २०८३
  • होमपेज
  • बीमा प्राधिकरणको अध्यक्षका लागि ५० जनाको आवेदन

बीमा प्राधिकरणको अध्यक्षका लागि ५० जनाको आवेदन

नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि अन्तिम दिनसम्म ५० जना आकांक्षीले अर्थ मन्त्रालयमा आवेदन दर्ता गराएका छन्। मन्त्रालयले तोकेको अन्तिम समयसीमाभित्र नियामक निकायको सर्वोच्च नेतृत्वका लागि बैंकिङ, बीमा र प्रशासनिक क्षेत्रका उच्च अधिकारी तथा विज्ञहरूले उम्मेदवारी दिएका हुन्। मन्त्रालयले उम्मेदवारहरूको औपचारिक नामावली सार्वजनिक नगरे पनि आवेदन दिनेहरूमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर बमबहादुर मिश्र, बीमाविज्ञ डा. रवीन्द्र घिमिरे र नेपाल पुनर्बीमा कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकरकुमार रायमाझी रहेका छन्।

यसैगरी, नेपाल बीमा प्राधिकरणकै निर्देशक कमलराज रेग्मी र उपनिर्देशक विरोध भट्टले पनि नेतृत्वका लागि दाबेदारी प्रस्तुत गर्नुभएको छ। उम्मेदवारी दर्ता गर्ने अन्यमा स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक डा. दामोदर बसौला, युनाइटेड इन्स्योरेन्सका पूर्व कामु सीईओ रमेशकुमार भट्टराईका साथै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. राजेन्द्र पण्डित, विष्णुबाबु मिश्र, झनकराज ढुङ्गेल र बुद्धकाजी श्रेष्ठ रहनुभएको छ। त्यस्तै प्रशान्त धमला, सुनील देवकोटा र विक्रान्त पाण्डेले पनि अध्यक्ष पदका लागि आवेदन दर्ता गराउनुभएको बुझिएको छ। सिफारिस समितिले अब प्राप्त आवेदनहरूको आवश्यक अध्ययन गरी योग्य उम्मेदवारहरूमध्येबाट नयाँ अध्यक्ष चयनको प्रक्रिया अघि बढाउनेछ।

45
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?