जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • चर्को ब्याज र राष्ट्र बैंकको नीति विरुद्ध भैरहवाका व्यापारी आन्दोलनमा

चर्को ब्याज र राष्ट्र बैंकको नीति विरुद्ध भैरहवाका व्यापारी आन्दोलनमा

बैंकले बढाएको चर्को ब्याजदरका कारण ब्यवसायीहरुले धर्ना दिएका छन् । नेपाल राष्ट्र बैंकले कर्जा नियन्त्रण तथा ब्याजदरमा गरेको उच्च वृद्धिको विरोधमा भैरहवाका व्यापारीहरूले धर्ना दिएका हुन् । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही र उद्योग व्यापार संगठनको संयुक्त धर्ना कार्यक्रम भएको हो ।

भैरहवामा रहेका निजि व्यवसायीहरुले नेपाल राष्ट्र बैक भैरहवा शाखा अगाडी एक घण्टा सम्म धर्ना दिएका हुन् । लामो समय सम्म कोरोना महामारीको कारण धरासायीमा परेको बेला बैंकले सहुलियत दिनुको साटो अनेक थरी नीति नियम लागु गर्दै व्यवसायीहरुलाई दुख दिने गरेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले उद्योगी व्यवसायीले गरेको आन्दोलनमा आम नागरिकले पनि साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवालले ८/९ प्रतिशत ब्याजदर बढेर १६ प्रतिशतसम्म पुगेको बताए । उनले बैंक ब्याजदर बढ्ने र व्यवसाय घट्ने भइरहेको बताए ।

व्यवसायीहरुले बारम्बार डेलीगेसन बुझाउदा समेत नेपाल राष्ट्र बैंकको गभर्नरले कुरा नसुनेको उद्योग व्यापार संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । कोरोना महामारीले धरासायी भएको अर्थतन्त्र उकास्न नपाउँदै विश्व व्यापारमा देखिएको मन्दीका कारण स्वदेशी उद्योग व्यापार फस्टयाउन सकेको छैन ।

3695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?